fbpx

विराटनगर गुरुकुलमा विद्यार्थीको नाटक महोत्वस

रंगेली,२२ भदौ । विराटनरस्थित आरोहण गुरुकुलमा बिद्यालय स्तरिय नाटक महोत्वस आयोजना भैरहेको छ । विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा२० भदौदेखि बिद्यालय स्तरिय नाटक महोत्वस सुरु भएको हो ।


२९ भदौसम्म चल्ने उक्त्त नाटक महोत्वसमा मोरंङका बिभिन्न स्थानका ९ वटा विद्यालयहरु सहभागी छन ।
नाटक महोत्सवले विद्यार्थीमा नाटक प्रति आकर्षण बढाउने र विद्यालयहरु नाट्य गतिविधि बढ्ने आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीको बिश्वास छ । शुक्रबार आयोजक संस्थाले ‘म–नैतिक’ मञ्चन गरेको थियो ।


विद्यालयका बिद्यार्थीहरुले आफै तैयार पारेको नाटक दैनिक अपरान्ह ४ बजे मञ्चन हुदै आएको छ । महोत्सवमा आइतबार अन्नपूर्ण एकेडेमीले “मेहनत र परिश्रमको फल” मञ्चन गर्नेछ । यस्तै पेरागन एकेडेमीले २३ भदौमा “दशैं”, सेन्ट जोसेफले २४ भदौमा “लक्ष्मीपूजा”, सप्तकोशी स्कुलले २५ भदौमा “छाउपडी”, बुढानिलकण्ठ स्कुलले २६ भदौमा “नासो”, लिलिपुट प्रिमियर इलिमेन्ट्रीले २७ भदौमा “प्रधानमन्त्री”, रविशंकर विद्या मन्दिरले २८ भदौमा “चण्डालिका एक अनन्त प्रेम कहानी”र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिकले २९ भदौमा “परिवेश” नाटक मञ्चन गर्नेछन ।


शनिबार बिराटनगरको सत्यनारायण माविले ‘अँध्यारो बाटो’ नाटक मञ्चन गरेको थियो । विद्यालयका शिक्षक लोकनाथ नेपालको लेखन र निर्देशन रहेको नाटक ‘अँध्यारो बाटो’ खास गरी चेलीबेटी बेचबिखन र उनीहरुको पूर्नस्थापनामा हुने समस्यामा केन्द्रित थियो । यस्तै आइतबार विराटनगरको श्री अन्नपूर्ण एकेडेमीले तयार पारेको नाटक ‘मेहनत र परिश्रमको फल’ मञ्चन भएको छ । उक्त्तब् नाटक कक्षा ८ मा अध्ययनरत अपेक्षा तामाङले कुटुनी बुढीको कथालाई नाट्य रुपान्तरण गरि निर्देशन गरेकी हुन्

Loading...