fbpx

बंगलादेशसँग पनि हार्‍यो नेपाल, सेमिफाइनल पुग्ने सम्भावना सकियो

काठमाडौं,२२ भदाै । एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा आयोजक राष्टसँग पराजित भएको नेपाल दोस्रो खेलमा टेष्ट राष्ट्र बंगलादेशसँग पराजित भएको हो ।

हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । अब नेपालले अन्तिम खेलमा बुधबार युएईसँग खेल्नेछ । कोलम्बोमा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको हो । खेलमा नेपालले दिएको २६२ रनको मध्ययम लक्ष्य बंगलादेशले ४९ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्याे ।

टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोरा बनाए । पवनले १०९ बलमा ८ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए । सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए । यस्तै रित गौतमले ३२ रन जोड्दा कुशल मल्लले २८ रन बनाए । त्यस्तै भिम सार्कीले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १४ रन बनाए ।

बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २–२ विकेट लिए । बंगलादेशकालागि कप्तान अकबर अलीले ८२ बलमा १४ चौका सहित ९८ रनमा अविजित रहे । सामिम हसनले ५४ बलमा ४२ रन जोड्दै अविजित रहे । कप्तान अली र सामिमले १ सय ३० रनको शतकीय साझेदारी गरे ।तौहीद हृदोयले ६० रनको योगदान दिए ।

Loading...