fbpx

ताैल बढेकाे छ ? यसरी गर्नुहाेस् व्यायाम

ब्यस्त र परिवर्तन भएको जीवनशैलीका कारण चिन्ताको मुख्य विषय बनेको छ ‘शरीरको अनावश्यक तौल’ । शरीरको तौल घटाउनका लागि मानिसहरु डाइटिङ, व्यायाम, योगदेखि औषधि उपचारमा समेत लागिपरेका छन् ।

खानामा कमि गर्नु भन्दा पनि व्यायाममा जोड दिने हो भने शरीरको बोसो पग्लेर तौल घट्ने गर्छ । नियमित रुपमा गरिने व्यायामले शरीरको तौल घटाउन मात्र सहायता नगरी शरीर तथा मस्तिष्कलाई रोग लग्नबाट बचाएर स्वास्थ्य राख्नुका साथै शरीरमा उर्जा, तागत ल्याउन मद्दत गरिरहेको हुन्छ ।

व्यायामले शरीरलाई निरोगी र बलियो बनाउने गर्ने भए पनि यसलाई गर्ने ढंग र तरिका मिलेन भने त्यसबाट लाभ नभएर शरीरमा हानी पुग्ने गर्छ । व्यायामको गर्नुका अनेक विधिहरु हुन्छन् । व्यायाम गर्नु अघि कुन किसिमको व्यायामबाट कस्तो लाभ मिल्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ । शरीर र आफ्नो क्षमता हेरेर सबै किसिमको व्यायाम आफ्नोलागि उपयुक्त हुँदैन भन्ने कुरामा एकदम ख्याल राख्नु जरुरि हुन्छ । स्वास्थ्यप्रति जागरुक र सचेत हुनका लागि समय मिलाएर भएपनि नियमित रुपमा व्यायाम गर्नु पर्छ ।

व्यायाम जुन सुकै समयमा पनि गर्न सकिने भए पनि यसको लागि भने विहानको समय सर्वोत्तम हुने गर्छ । विहान व्यायाम गर्दा राति खाएको खाना पचिसकेको हुँदा, विहानको स्वच्छ हावाले गर्दा बिहानको समयलाई व्यायामको लागि उपयुक्त मानिन्छ । व्यायाम गर्दा धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ । व्यायाम गर्नका लागि शरीरमा सहज हुने पहिरन, खुला वा ताजा हावा आउने सजिलो ठाउँ, शान्त बातावरण रोज्नु पर्छ । प्रायले व्यायाम गर्दा संगीत सुन्ने वा साथीहरुसँग कुराकानी गर्दै व्यायाम गर्छन् । तर, व्यायाम गर्दा सकेसम्म आफैंमाथि केन्द्रित हुने गर्नु पर्छ ।

कुन किसिमको व्यायामलाई कसरी र कति समय गर्ने भन्ने कुरामा ख्याल राख्नुपर्छ । ख्याल नगरी जथाभावी गरिने व्यायामले शरीरमा प्रभावकारी नहुने मात्र होइन,अझ शरीरका लागि हानिकारक हुन्छ । व्यायाम गर्नु सबै उमेरका व्यक्तिहरुका लागि फाइदाजक हुन्छ । कुन किसिमको व्यायाम गर्ने, कुन गतिमा गर्ने भन्ने कुराचाहिँ उमेरले निर्धारण गरेको हुन्छ । वृद्ध अवस्थामा शरीरलाई धेरै जोर पर्ने खालको व्यायाम गर्नु हुँदैन । यदि व्यायाम गर्ने सुरसारमा हुनुहुन्छ र यसअघि व्यायाम गरेको छैन भने धेरै कुरामा सतर्कता अपनाउनु पर्छ ।

सुरुको दिन धेरै व्यायाम गर्नु हुँदैन । यसले शरीरमा निकै पिडा हुने गर्छ र फेरी व्यायाम गर्न मन नलाग्न सक्छ । व्यायाम सुरु गर्ना साथ तुरुन्तै कडा किसिमको व्यायाम गर्नु हुँदैन । व्यायाम गर्नुअघि त्यसको पूर्वतयारी अर्थात् शारीरिक र मानसिक रुपले तयार गर्नुपर्छ । शरीर व्यायामको लागि पूर्णरुपमा तयार हुनका लागि व्यायाम गर्नुअघि वामअर्प अनिवार्य रुपले गर्नुपर्छ ।

व्यायाम गर्नुअघि वार्मअप गरिएको छैन भने शरीरलाई हानी हुनसक्छ । एकदमै विधिपूर्वक व्यायाम गर्नु पर्ने हुदा जस्तो प्रकारको व्यायाम गरेपनि नियमअनुसार गर्नुपर्छ । जुन व्यायाम, जसरी, जुन गतिमा गर्नुपर्ने हो आफ्नो हिसाबले फेरबदल नगरी सोही ढंगले गर्नुपर्छ ।

अन्यथा राम्रोको लागि गरिने व्यायामले शरीरका लागि हानिकारक पनि हुनसक्छ । व्यायाम गरेर मात्र पुग्दैन, साथ साथै शरीरलाई चाहिने उचित डाइटको सेवन पनि गर्नुपर्छ । व्यायाम गरेपछि चाँडै पचाउने प्रोटिन र कार्बोहाइड्रेटको सेवन गरेमा यसले शरीरलाई मांसपेशीको निर्माणमा सहयोग गर्छ । त्यसैले व्यायाम गर्नुअघि विज्ञसँग परामर्श तथा ट्रेनरको सुझाव लिएर मात्र व्यायाम सुरु गरौं । यदि स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा चिकित्सकको परामर्श लिन एकदम आवश्यक हुन्छ । छिट्टै तौल घटाउने आसले धेरै व्यायाम गरेर शरीरलाई हानी पुर्याउने नगरौं ।

Loading...