fbpx

पवन र सन्दीपको अर्धशतकसँगै नेपालले बंगलादेशलाई दियो चुनौतीपूर्ण लक्ष्य

विराटनगर, २२ भदौ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत नेपाल र बंगलादेशले खेलिरहेका छन् । यस प्रतियोगिताको दोस्रो खेलमा नेपालले जितका लागि बंगलादेशलाई जितका लागि २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

hh

कोलम्बोमा भएको उक्त खेलमा बंगलादेशले टस जितेर फिल्डिङमा उत्रिएको थियो । टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेल्दा ८ विकेटको क्षतिमा २ सय ६१ रन बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले ।

पवनले ८१ रन बनाउँदा सन्दीपले ५६ रन बनाएका थिए । पवनले १ सय ९ बलमा ८ चौका र एक छक्का प्रहार गर्दै ८१ रन बनाउँदा सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्काको सहायतामा ५६ रन बनाए । यस्तै रित गौतमले ३ चौका र १ छक्काको सहायताले ३२ रन बनाउँदा कुशल मल्लले २८ बनाए ।

यता, बलिङतर्फ तान्जिम हसन सकिव र शाहिन आलमले समान २–२ विकेट लिँदा मृतुन्जय चौधरी, राकिबुल हसन, मिन्हाजुर रहमान र तोहवीद हृदोयले समान एक–एक विकेट झारे ।

Loading...