fbpx

समृद्ध नेपाल,सुखी नेपालीकालागि जीवन उपयोगी शिक्षा, प्रम ओली

काठमाडौं,२२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न जीवन उपयोगी शिक्षामा जोड दिएका छन । चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्ती ओलीले जीवनउपयोगी शिक्षामा जोड दिएका हुन ।
पूर्खाहरुले वैदिक काल देखि नै मान्यजन तथा विद्वत व्यक्तित्वहरुको सानिध्यमा कचहरी,धामिर्क सभा,गुरुकुल शिक्षा जस्ता संस्थाबाट शिक्षाको प्रचार गर्ने गरेको प्रधानमन्त्री ओलीले स्मरण गरे । उनले भन , समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विद्वान पुर्खाका सन्तान हामी नेपालीले फेरि ज्ञानगुन, जीवनउपयोगी शिक्षा र नवप्रवद्र्धनात्मक सोचको विकास गर्नु पर्नेछ ।
विश्वमा ज्ञानको प्रसार नहुंदै नेपालमा वेदका ऋचाहरुको रचना गरिएको प्रधानमन्त्रीले जारी गरेको सन्देशमा उल्लेख छ । ज्ञान, सीप र प्रविधिलाई उपयोग गर्दै आगामी दिनहरुमा नेपालले शैक्षिक स्तर माथि उठाउने र त्यसकालागि सरकार प्रतिबद्ध भएर लागिपर्ने उनले बताए । शिक्षा प्रणालीलाई रोजगारमुलक र प्राविधिक बनाउनु पर्नेमा पनि प्रम ओलीले जोड दिएका छन । “हाम्रा शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना हैन देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा हुनुपर्दछ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्छन । उनले आधारभूत तहदेखि नै रोजगारमुलक शिक्षाको लक्ष्य हासिल गर्नकालागि लागिपर्न निर्देशन गरेका छन । आगामी दुईबर्षसम्म साक्षर नेपाल घोषणा गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले जानकारी गराएका छन ।

Loading...