fbpx

सरीनालाई हराउँदै बियांकाले जितिन् यूएस ओपन

विराटनगर २२ भदौ । क्यानडाकी खेलाडी बियांका भेनेसा एन्ड्रिस्कुले यूएस ओपन ग्राण्ड स्लैमको फाइनलमा सरीना विलियम्सलाई हराउदै उपधि उचालेकी छिन् ।

१५ औँ वरियतामा रहेकी बियांकाले अमेरीकाकी विलियम्सलाई ६ ३, ७ ५ ले हराउदै उपाधि उचालेकी हुन् । पहिलो पटक यूएस ओपन खेलकी बियंकाले उपाधि जित्दै स्टारका रुपमा आफुलाई चिनाएकी छिन् । अघिल्लो पटक यूएस ओपनको छनोटको पहिलो खेलबाट नै हार खेप्दै बाहिरिएकी थिइन् । टेनिसकी महान खेलाडी सरीनासँग खेल्न पाउनु नै महत्वपुर्ण भएको भन्दै उनले सरीनालाई नै हराउदाँ खुसी भएको बियांकाको भनाई छ ।

बियांकाले ग्राण्ड स्लैम जित्ने क्यानडाकी पहिलो खेलाडी समेत बनिन् । यस्तै १९ वर्षीया बियांका रुसकी मारिया सारापोभा पछि सबै भन्दा कम उमेर ग्राण्ड स्लैम जित्ने खेलाडी समेत भएकी छिन् ।

Loading...