fbpx

पत्रपत्रिकामा प्रदेश : चन्दा नदिदाँ स्कुलमा विस्फोट

विराटनगर २१ भदौ । मागेजति चन्दा नदिएपछि नेत्रविक्रम चन्द विप्लव समूहले सुनसरीका दुई विद्यालयमा विस्फोट गराएका छन् । बिहीबार मध्यराती सुनसरीको धरान र इटहरी उपमहानगरका विद्यालयमा बिस्फोट भएको हो ।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कुल र इटहरीको सुष्मा गोदावरी कलेजमा विष्फोट भएको हो । विस्फोटबाट दिल्ली पब्लिक स्कुलको गेटमा क्षती भएको छ । गोदावरीको कम्पाउण्डमा क्षती पुगेको जिल्ल प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद र्माले बताए । उनका अनुसार मध्यराती साढे १२ बजे दुबै स्थानमा एकै पटक विस्फोट भएको थियो । प्रहरीका अनुसार विप्लव समूहले शैक्षिक संस्थाहरुसंग चन्दा मागेको थियो । नदिएपछि आतंक सृजना गर्न विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । तर्साउने नियतले विस्फोट गराएको डिएसपी शर्माको भनाई छ । यो समाचारलाई ब्लाष्ट टाइम्स र नागरिक पूर्वेलीले मुख्य खबर बनाएर छापेका छन् ।

उद्घोष दैनिकमा भारतसँग व्यापारमा दोहोरो घाटा शिर्षकमा मुख्य खबर छ । नेपालमा थोक व्यापार पनि भारतकै र खुद्रा व्यापारपनि भारतीय व्यपारीले नै गर्ने गरेको भन्दै सीमा क्षेत्रका नेपाली व्यापारीहरुले सरकारको ध्यानाकर्षण गराउन खोजेका छन् । सीमा क्षेत्रका भारतीय बजारमा ग्राहकको आकर्षण बढ्दो रहेको भन्दै आकर्षण कम गरेर नेपालको खुद्रा व्यापारलाई बचाउन उनीहहरुले संघीय सरकारलाई आग्रह गरेका हुन् ।

खुद्रा व्यापारबाट दैनिक ५० करोड नेपाली रुपैयाँ भारततर्फ गइरहेको भन्दै त्यसलाई रोक्नु पर्ने उनीहरुको भनाई छ । बार्षीक १ खर्ब ७५ अर्ब बराबरको किनेमेल भारतीय बजारबाट हुने गरेको भन्दै त्यसबाट अर्बाैँको राजश्व गुमेको उनीहरुले बताए । विराटनगरका कपडा व्यवसायी विनोद बोहराले सरकारको अदुदर्शीताको कारण राजश्व गुमिरहेको बताए ।

कृषि क्षेत्रलाई ध्यान देउ शिर्षकमा कान्तिपुर दैनिकमा समाचार छ । कृषि क्षेत्रको प्रवद्र्धन बारे झापाको विर्तामोडमा आयोजित कार्यक्रममा विज्ञहरुले आधुनिक प्रविधिको प्रयोग गर्दै कृषिलाई व्यवसायिकरण गर्न सके लाभ लिन सकिने बताएकाछन् । उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले आयोजना गरेको कार्यक्रममा कृषि क्षेत्रको प्रर्वद्धनमा जोड दिएका हुन् । तरकारी, दुध चिया, अलैँची तथा कफि र फलफुल क्षेत्रमा लगानी बढाउनु पर्ने सहभागीहरुको भनाई छ ।

Loading...