fbpx

पत्रपत्रिकामा देश : पहुँचवालालाई मात्रै कर्णालीमा गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार

विराटनगर २१ भदौ । नयाँ पत्रिका दैनिकमा कर्णालीमा गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार सेवा पहुँचवालाले पाउँछन्, निमुखा ज्यान गुमाउछन् शिर्षकमा मुख्य खबर छ ।

कर्णालीमा एक वर्षमा ११ गर्भवतीलाई उद्धार गरिएको छ । हवाई सुविधाबारे गाउँलेलाई थाहै छैन् । कालिकोटका गर्भवती महिला अकालमै ज्यान गुमाउन बाध्य छन् । गर्भवती सुत्केरीको हवाई उद्धारकोलागि प्रदेश सरकारले छुट्याएको डेढ करोड बजेटमा २५ लाख मात्रै खर्च भएको छ । ७० लाख रुपैयाँ रकमान्तर गरिएको छ भने ५० लाख फ्रिज भएको छ । केन्द्र र प्रदेश सरकारको दोहोर सेवा हुदाँ पनि निमुखाले यो सेवा लिन सकिरहेका छैनन् । राजनीतिक पहुँच भएका महिलालेमात्रै यो सेवा लिइरहेका छन् ।

कर्णाली प्रदेशका समाजिक विकास मन्त्री दल रावलले हुम्ला सबै भन्दा पछाडी रहेको कारण हुम्ली जनताले यो सेवा बढी लिएको भन्दै आफ्नो पहुँचको कारण नभएको बताए ।

आजका पत्रपत्रिकामा एमबीबीएसको प्रवेश परिक्षा सर्वाेच्च अदालतले रोकेकको खबर छापिएको छ । सर्वाेच्चले एमबीबीएस तहको प्रवेश परिक्षा रोक्न अन्तरिम आदेश दिएको हो । आदेश पछि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएसको प्रवेश परिक्षा अनिश्चित कालको लागि रोकेको छ । अदालतको आदेशपछि संस्थानको बैठकले २१ गतेदेखि २ ४ गतेसम्म सञ्चालन हुने सबै प्रवेश परिक्षा स्थगित गरेको छ । एबीबीएस, बिडिएस, नर्सिङ, फार्मेसी, बिपिएच लगायत सबै विषयका प्रवेश परिक्षा रोकेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नियमित काम गर्न सक्षम शिर्षकमा नागरिक दैनिकमा खबर छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्था सुधार भएकोले नियमित कामलाई निरन्तरता दिन सक्ने चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओली सिंगापुरबाट उपचार गरेर फर्किएपछि नीजि चिकित्सक डा. दिब्या सिंहले यस्तो बताइन् । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेकोले कामलाई निरन्तरता दिन सक्षम रहेको बताइन् ।

गगांमाया अधिकारीले फेरी अनसन सुरु गर्ने समाचार पनि नागरिक दैनिकमा छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै पटक पटक अनसन बस्दै आएकी गगांमाया अधिकारीले फेरी अनसन बस्ने बताएकी छिन् । उनले न्यायकोलागि मिडियामा आउन खोज्दा सरकारले रोकेको र कैदीबन्दी जस्तै गरि राखेको आरोप लगाउदै अनसन बस्ने बताएकी हुन् ।

कान्तिपुर दैनिकमा प्रेम नस्विकार्दा एसिड शिर्षकमा मुख्य समाचार छ । वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुनमाथि एसिड आक्रमण भएको छ । उनले प्रेम अस्विकार गर्दा बाटो ढुकेर एसिड प्रहार गरेका हुन् । मुस्कानलाई थप उपचारकोलागि वीरगञ्जबाट काठमाण्डौ ल्याइएको छ । उनको आइतबार शल्यकृया गरिने छ । एसिड छ्यापने सम्साद पक्राउ परेका छन् । ५ वर्षयताका एसिड आक्रमणका घटनामा अधिकांस किशोरी निसानामा परेको समाचारमा उल्लेख छ ।

Loading...