fbpx

यु १९ एसिया कप : श्रीलंकासँग नेपाल ५ विकेटले पराजित

विराटनगर, २० भदौ । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले खराब सुरूवात गरेको छ । शुक्रबारबाट सुरु प्रतियोगितामा आयोजक श्रीलंकासँग पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो । कोलम्बोमा शुक्रबार भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग डीएल पद्दतिका आधारमा ५ विकेटले पराजित भयो ।

वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा ५ विकेटको क्षतिमा भेटेको थियो ।

श्रीलंकाको जितमा कमिल मिश्राले ५५ रन जोडे । हान विक्रमसिंगेले ३० तथा अभिस्का थारिन्दुले अविजित २५ रन बनाए । कप्तान निपुन धनन्जयले १८ र रशान्था डी सिल्भाले १५ रन बनाए ।

नेपालकालागि राशिद खानले २, पवन सरार्फ, कमलसिंह ऐरी र सागर ढकालले एक एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन जोड्न सक्यो । नेपाललागि रित गौतमले ५४ रन जोडे । ८६ बलमा सर्वाधिक ५४ रन बनाए ।

खेलको ९ ओभरमा नेपालले २ विकेट गुमाएर ४३ रन जोड्दा वर्षाको कारण खेल रोकिएको थियो । कप्तान रोहित कुमार पौडेलले ४७ रन जोडे । राशिद खानले १५ र हरिबहादुर चौहानले १२ रन जोड्न सके ।  श्रीलंकाका दिल्सान मधुशनका र नाभोद दिनुसरीले ३–३ विकेट लिए ।

Loading...