fbpx

बच्चाको दिमाग तेज गर्न यी कुरामा ध्यान दिनुहोस्

बच्चाको शरीर तथा मस्तिष्कको विकास स्वस्थ र पौष्टिक आहार भएको खानपानमा निर्भर गर्ने हुन्छ । बच्चाको आहारमा जरुरी सबै पौष्टिक तत्व छ भने शारीरिक तथा मानसिक विकास तीब्र रुपमा हुने गर्छ ।सामान्य एक स्वास्थ्य व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेर सम्ममा भइसकेको हुन्छ । यस्तो अवस्थामा बच्चाको खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, मिनिरल्स, फ्याटी एसिड युक्त सन्तुलित भोजन चाहिने हुन्छ । यसले शरीर र दिमागको उर्जा कायम राख्छ । बालबालिकाको मष्तिष्कको विकासका बारेमा गरिएको एक अध्ययनमा आमाले खाने गरेको खानपानको असर समेत पेटमा भएको बच्चाको दिमागमा पर्ने तथ्य सार्वजनिक भएको थियो । यदि आमाले गर्भावस्थामा ओमेगा ३ फ्याटी एसिड युक्त खानाको बढी सेवन गरेकी छिन् भने बच्चाको दिमाग एकदम तेज हुने साबित भइसकेको छ ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका अध्ययनका अनुसार ओमेगा ३ फ्याटी एसिड टुना, माछा तथा हरियो सागसब्जी बढी पाइने हुन्छ । यसैले बच्चाको स्वस्थ र तेज दिमागका लागि आमाले गर्भावस्थामा यस्ता पदार्थ भएको खाद्यपदार्थ सेवन गर्न आवश्यक देखिन्छ । अझ परीक्षाका क्रममा बालबालिकालाई आफुले पढेको कुरा याद छ कि छैन भन्ने कुराले तनाव दिइरहेको हुन्छ ।

खानेकुराले नै बालबालिकाको दिमाग तेज गर्न मद्दत गर्नुका साथै मन पनि शान्त रख्दछ । काजु तथा ओखर जस्ता ड्राइ फुडहरु मा रहेको भिटामिन ‘बि १’ , फाइबर, म्याग्नेसियम फलिक एसिड र भिटामिन ‘ इ’ ले दिमागको विकास गर्न मद्दत गर्छ । स्मरणशक्ति बढ्नुका साथै शरीरलाई पनि तन्दुरुस्त राख्न मद्दत गर्छ ।

दैनिक थोरैमात्रामा ओखर खुवाउँदा बिर्सिने बानीमा सुधार आउने भएकोले ओखरलाई ब्रेन फुड भन्ने गरिन्छ । बदामले पनि दिमागलाई तेज राख्न मद्दत गर्छ । बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउने गर्नु पर्छ ।

बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ भने ९ महिना देखि माछा मासु समेत खुवाउन सकिन्छ । खानामा पालुंगो, बन्दा, माछा जस्ता पदार्थ दिन सकिन्छ । यिनमा ओमेगा ३ फ्याटी एसिड प्रसस्त मात्रामा पाइन्छ । ओमेगा ३ फ्याटी एसिडले स्मरण शक्तिलाई तेज बनाउनुका साथै मूडलाई पनि राम्रो बनाउने गर्छ ।

बच्चाको दिमागको विकासका लागि दूध र दही दिन आवश्यक हुन्छ । दहीले दिमागको कोषलाई लचिलो बनाएर संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमताको वृद्धि गर्दछ । दहीमा भर पूरमात्रामा प्रोटिन, म्याग्नेशियम हुन्छ जसले मस्तिस्कलाई शितलता प्रदान गरेर स्मरण शक्तिलाई तीव्रता दिन मद्दत गर्छ ।

चिल्लोरहित दूधमा प्रसस्त मात्रामा पाइने प्रोटिन, भिटामिन डी र फस्फोरस दिमागका लागि एकदम जरुरी हुन्छ । ओलिभ आयलमा भिटामिन इ, भिटामिन के र प्रोटिनको मात्रा धेरै पाइने हुदा स्मरण शक्तिलाई बढाउनुका साथै दिमागमा हुने तनावलाई कम गर्दछ ।

ग्रीन टीमा पाइने अमिनो एसिडले पनि मस्तिस्कलाई मजबुद बनाएर दिमागलाई चिन्ता मुक्त बनाएर एकाग्रता कामय राख्न मद्दत गर्छ । त्यस्तै, डार्क चक्लेटले पनि ध्यानलाई एकाग्रता राख्न सहयोग गर्नुका साथै यसमा पाइने विभिन्न तत्त्वले तनाव कम गरेर नराम्रो मुडलाई परिवर्तन गरेर राम्रो बनाउन मद्दत गर्दछ ।

Loading...