fbpx

‘वार’को पहिलो गीतमा ‘ऋतिक र वाणी’ नित्य

विराटनगर, २० भदौ । फिल्मको रिलिज मिती नजिकिदै गर्दा ‘वार’ घुङ्घुरु बोलको पहिलो गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्ममा समावेश गरिएको गीतलाई युट्युबबाट सार्बजनिक गरेको हो ।

गीतमा फिल्मका मुख्य अभिनेता ऋतिक रोशन र अभिनेत्री वाणी कपुरको केमिस्ट्री र नृत्य देख्न सकिन्छ । गीतलाई चर्चित गायक अरजीत सिंह र शिल्पा रावले गएका छन् । फ्रान्सको कोर्सिकामा छायांकन गरिएको गीतलाई बास्को मार्टिसले गजब तरिकाले कोरियोग्राफ गरेका छन् ।

बलिउडका दुई चर्चित अभिनेता ऋतिक रोशन र एक्सन हिरो टाइगर श्राफ एकसाथ पहिलो पटक ुवारु मा अभिनय गरेका छन् ।

फिल्ममा ऋतिक र टाइगरको जबरजस्त एक्सन सिन र सस्पेन्स कथा रहेको छ । ठूलो बजेटमा निर्माण भएको फिल्ममा वाणीले यी दुई अभिनेतासँग रोमान्स गरेकी छिन् । फिल्मलाई निर्देशक सिद्धार्थ आनन्दले निर्देशन र आदित्य चोपडाले निर्माण गरेका हुन् । फिल्म अक्टोबर २ अर्थात् असोज १५ गते प्रदर्शनमा आउने छ ।

आफ्नो अभिनय, बडी र डान्सका कारण चर्चामा आउने टाइगर र ऋतिकलाई सँगै हेर्न दर्शकहरु निकै उत्साहित छन् । ‘टू हिरोज वान वार’ को ट्यागलाइन राखिएको फिल्ममा अद्भुत एक्सन सिनहरु छन् ।

Loading...