fbpx

यी गल्तीले डाइटिङ गरे पनि घट्दैन तौल

दैनिक खाने खानाबाट प्राप्त क्यालोरी खर्च हुन नसकेको खण्डमा उक्त क्यलारीहरु बोसोमा परिवर्तन भएर शरीरको विभिन्न ठाउँमा जम्मा हुन थाल्छ ।

ब्यस्त जीवनशैली, गलत खानपान, प्रयाप्त शारीरिक गतिविधि नभएमा, ब्यायाम गर्ने समय नभएको खण्डमा, धेरै भोक लागेमा, लोभी भएमा, रोग लागेमा, लापरवाही र तनाब का कारण बोसो जम्मा हुन थालेमा शरीर मोटो हुदै जान्छ र मानिसहरु मोटोपनाको सिकार हुँदै जान्छन् । आजकाल प्रत्येक व्यक्ति आफ्नो शरीरको तौलबाट दिक्क मानिरहेका छन् ।

शरीरको तौल बढेर नराम्रो देखिनुका साथै पेट तथा शरीरको अन्य भागमा बोसो जमेर स्वास्थ्यलाई समेत नकारात्मक असर पुर्याइ रहेको हुन्छ ।

मानिसहरु शरीरको तौल तथा पेट घटाउनका लागि अनेकौं बिधि अपनाईरहेका छन् । खाना कम खाएर, शारीरिक गतिबिधि धेरै गरेर, जिम धाएर, विभिन्न औषधिको सेवन गरेर आफ्नो शरीरको तौल घटाउन लागिपरेका छन् । तर, यस्ता विभिन्न तरिका अपनाएर तौल घटे पनि केहि दिन मै तौल पहिलेको भन्दा दोब्बर समेत भएको देखिन्छ ।

साथै, यसले मानिसको शरीरको तौल घटाउनु भन्दा पनि स्वास्थ्यमा नकारात्मक असर समेत देखाउने गरेको पाइन्छ । यी सबैको मतलब मानिसहरुले आफ्नो तौल घटाउनका लागि गरेका प्रयासहरुमा केही न केही गल्ती गरिरहेका छन् । भारतीय डा. ओममूर्ति अनिलका अनुसार मोटोपना एक रोग हो जसले शरीरमा अन्य रोगहरु समेत निम्त्याउन सक्छ । शरीर मोटो भएमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल जस्ता खतरनाक रोगहरुको सृजना गरि ह्दयाघात तथा मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु लाग्न सक्छ ।

दैनिक जीवनमा गर्ने गतिविधिका कारणले शरीरको तौल र पेटको बोसो नघट्ने तथ्य बैज्ञानिक हरुले पत्ता लगाई सकेका छन् । धेरै खाएर शरीरको तौल बढ्ने सोचका कारण मोटोपन घटाउने तरिका भन्ने बित्तिकै दैनिक खाने खानालाई घटाउनु भनेर मानिन्छ । तर, मानिसको दिमागले यो कुरामा विश्वास गर्दैन । तौल घटाउने प्रयासमा खाना घटाउन खोजे पनि हामीलाई अझ धेरै भोक लाग्ने हुन्छ ।

मानिसले डाइटिङ गरेर शरीर घटाए पनि तौल नियन्त्रणमा आएपछि डाइटिङ गर्न छोडेर आफुले मन लागेको खाने कुराहरु खाने गर्छन् ।

अमेरिकाको रकफेलर युनिभर्सिटीका बैज्ञानिकहरुले यसो गर्दा केही समयमै वजन दोब्बर सम्म बढ्ने तथ्य पत्ता लगाएका छन् । सबैको शरीर एकै प्रकारको हुने गर्दैन । अरुको देखा सिकी गरेर वा गुगल, युत्युबमा खोजेर डाइटिङको माध्यमबाट शरीरको तौल घटाउन लागिपरेका व्यक्तिहरुले जीवनशैलीमा ध्यान निदिँदा शरीरमा उल्टो असर पर्न गइ शरीरको वजन अझ बढ्ने हुनसक्छ ।
डाइटिङकका नाममा लामो समय सम्म भोकै बसेर अनियमित समयमा एकै पटक धेरै खाने गर्दा शरीरमा वजन वृद्धी हुने गर्छ ।

सही तरिकाले बोसो युक्त खाना र जंकफुडमा कन्ट्रोल गरेर डाइटिङ गरेमा शरीरको तौल अवश्य घट्ने देखिन्छ । तर, कसै कसैमा भने दिमागमा निरन्तर तनाव चलिरहेको कारणले भने जति डाइटिङ गर्दा समेत शरीरको अनावश्यक तौल घटाउन सकिरहेका हुँदैनन् । टेन्सन लिनु भनेको शरीरको तौल बढाउनु हो ।

अध्यनका अनुसार तनावका कारण मानिसको वजन आफै बढ्न सक्छ । तनाव भएको बेलामा मानिसलाई धेरै भोक लाग्ने गर्छ साथै खाएको खाना तनावका कारण स्ट्रेस हर्मोनमा परिणत भएर पेट लाग्ने समस्या उत्पन्न हुन सक्छ ।

शरीरको तौल घटाउने बेलामा दिमागले विभिन्न संकेत दिरहेको हुन्छ । हरेक समय कुनै न कुनै कुरा चलिरहने दिमागमा डाइटिङ गरेको बेलामा मिठा मिठा खानेकुरा देखिन र खान मंलागने हुनसक्छ । दिगगको गतिविधीका कारण हुने यस्तो भ्रमले शरीरमा हुने फ्याट हर्मोन दिमागलाई शरीरमा भएको क्यालोरी र थप शरीरमा आवश्यक पर्ने क्यलारीको मात्राको गलत सन्देश दिने गर्छ ।

डाइटिङ गर्दा पनि सही तरिकाले गर्न जरुरि देखिन्छ । डाइटिङ भन्दा पनि ब्यायाम गरेर शरीरको तौल मज्जाले घटाउन सकिन्छ । ब्यायाम गर्ने समय नभएको खण्डमा डाइटिङ गरेरै तौल घटाउने विचार भए राम्रो डाइट्रीसियनको परामर्श लिएर मात्र सुरु गर्नु पर्छ ।

Loading...