fbpx

विद्यालय जान लागेकी बालिकामाथि एसिड प्रहार, एकजना पक्राउ

वीरगञ्ज, २० भदौ । वीरगञ्जमा  विद्यालय जान लागेकी बालिकामाथि एसिड प्रहार भएको छ । वीरगञ्जको गणेशमानचौकमा शुक्रबार बिहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

एसिडका कारण बालिका एक भाग जलेकाे  जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । खातुन वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा १० मा अध्ययनरत छिन् । शुक्रबार स्कूल ड्रेसमा नै रहेकाे अवस्थामा एसिड प्रहार भएकाे हाे ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयाकी खातुनमाथि दुई युवकले तेजाब प्रहार गरेको प्रहरीले जानकारी दिएको हो । तेजाब प्रहारबाट घाइते भएकी खातुनकाे वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । बालिकाको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको चिकित्सकले बताएका छन् ।

मुस्कानमाथि तेजाब प्रहार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । अन्य एक भने फरार रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।छन् । बिहान साढे ६  बजे  एसिड प्रहार गरेकाे देख्ने प्रत्यक्षदर्शी बताएकाे हुलियाका आधारमा सम्सादलाइ पक्राउ गरिएकाे उनले बताए ।

युवतीमाथि तेजाब खन्याउन सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको छ ।

Loading...