fbpx

पत्रपत्रिकामा देश : प्रदेश १ मा गौरवका आयोजना सुस्त

विराटनगर २० भदौ । प्रदेश १ का राष्ट्रिय गौरवका आयोजना सुस्त भएको समाचार आजको अन्नपूर्ण पोष्टमा मुख्य खबर छ । प्रदेशकै लाइफलाइन मानिएको जोगवनी किमाथांका सडकको काम ५० प्रतिशत पुरा भएको छ ।

हुलाकी राजमार्गमा पुल निर्माण हुन सकेको छैन् । राष्ट्रिय गौरवकै आयोजना रहेको मध्यपहाडी लोकमार्गको काम निर्माण कम्पनीको लापर्वाहीको कारण सुस्त छ । यस्तै ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाको समृद्धिको आधार मानिएको कोशी करिडोरमा भने बजेट नै कम रहेको छ । कोशी करिडोरको १ सय ४८ किलोमिटर मध्ये १ सय ३० किलोमिटरमा ट्रयाक खोल्ने काम भएको छ । कुल लागत ६ अर्ब ३२ करोड रहेको कोशी करिडोर पुरा गर्न सरकारले पर्याप्त बजेट छुट्याएको छैन् ।

नयाँ पत्रिका दैनिकमा कर्णालीमा न औषधि, न डाक्टर शिर्षकमा मुख्य खबर छ । जाजरकोटका स्वास्थ्य चौकीमा डाक्टर, उपकरण र बेड छैनन् । बिरामीलाई चौरमा राखिन्छ र स्लाईनको बोतल झ्यालमा झुण्डाएर अहेबले उपचार गर्छन् । नागरिकको स्वास्थ्यमा राज्यले खेलवाड गरेको समाचारमा उल्लेख छ ।

काबुलका नेपाली भन्छन् सरकार हामीलाई बचाउ शिर्षकमा कान्तिपुर दैनिकमा खबर छ । दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको मृत्यु हुने गरि भएको तालिवानी आतंकवादी आक्रणमपछि त्यहाँ कार्यरत नेपालीले सुरक्षित स्थानमा स्थानान्तरण वा घर फर्काउन माग गरेका छन् । सोमबारको आक्रमणमा १२ सर्बसाधारण मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थनीयले विरोध प्रर्दशन गर्दै तोडफोड गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् । शुक्रबार अझ ठुलो प्रदर्शन हुने सुचना आएको गार्डा वल्र्डका सुपरभाइजर टेकजंग मल्लले बताए ।

कान्तिपुरमै महत्वपुर्ण प्रतिष्ठानसम्बन्धी सुरक्षा सिफारिस भीआईपी क्षेत्रका भवनमा कडाई शिर्षकमा अर्काे समाचार छ । सरकारले गठन गरेको महत्वपूर्ण प्रतिष्ठान सुरक्षा सम्बन्धी समितिले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको कार्यालय वा निवास क्षेत्र आसपास व्यापार व्यवसाय प्रयोजनका अग्ला भवन बनाउन अंकुश लगाउन सिफारिस गरेको छ । आतंककारीबाट अवाञ्छित गतिविधि हुन सक्ने भन्दै समितिले भीआईपी विल्डिङ कोड बनाउन प्रस्ताव गरेको छ ।

नागरिक दैनिकमा २९६ म्यानपावरको लाइसेन्स खारेज भएको खबर छापेको छ । वैदेशिक रोगजारीलाई व्यवस्थित, मर्यादित बनाउने भन्दै सरकारले म्यानपावर कम्पनीको धरौटी रकम वृद्धि गरेपछि खारेजीमा परेका म्यानपावरले तिर्नु पर्ने क्षतिपुर्तिबापतको रकम कसले बेहोर्छ भन्ने अन्योल सिर्जना भएको छ । धरौटी रकम वृद्धि गरी नवीकरण हुन सरकारले तोकेको समयसीमा बुधबार सकिएको हो ।

Loading...