fbpx

एटिएमबाट एक दिनमा ६० हजारमात्रै निकाल्न मिल्ने

काठमाडौं १९ भदौ । चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाउदै ६० हजार रुपैयाँ तोकेको छ । ।

नेपाल राष्ट्र बैंकले बिहिबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार ५ हजार रुपैयाँदेखि अधिकतम २० हजार रुपैयाँ मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ ।

यस्तै प्रतिदिन अधिकतम ६० हजार रुपैयाँ भन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पु¥याएको नमानिने निर्देशनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने र ग्रहण गर्ने फरक संस्था भई डेबिट कार्डबाट रकम झिक्दा प्रतिकारोवार न्यूनतम ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँ सम्म नगद झिक्न सक्ने व्यवस्था गरिएको केन्द्रीय बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जारी गरेको निर्देशनमा उल्लेख छ ।

Loading...