fbpx

सौन्दर्य सेवामा चर्चित ‘सेनेरिटा’

सुनसरी, १९ भदौ । सौन्दर्य सेवामा इटहरी उपमहानगरपालिका खनारस्थित सेनेरिटा व्युटी पार्लर तथा तालिम केन्द्र चर्चित बन्दै गएको छ । वर्षौंदेखि सन्तुष्टिदायक सौन्दर्य सेवासँगै सम्बन्धित विभिन्न तालिमहरू प्रदान गर्दै आइरहेकोले खनारस्थित सेनेरिटा व्युटी पार्लर तथा तालिम केन्द्र चर्चित बन्दै गएको होे ।

सेनेरिटा सीटीईभीटीबाट मान्यताप्राप्त तालिम केन्द्र भएको कारण यस तालिम केन्द्रमा आएर तालिम लिने महिलाहरूको आकर्षण बढ्दो रहेको सञ्चालिक अम्बिका मगरले बताइन् । सञ्चालिका मगरका अनुसार सौन्दर्यकला व्यवसायमा सेनेरिटाले हालसम्म सयौँ महिलाहरूलाई सौन्दर्यकलाको सेवा तथा तालिम प्रदान गरिसकेको छ ।

नमस्ते नेपाल भोकेशनल एजुकेसन प्रालिअन्तर्गत रहेर यस तालिम केन्द्रले विभिन्न समयमा सौन्दर्यकलासम्बन्धी तालिम प्रदान गर्ने गरेको छ । सेनेरिटाबाट तालिम लिएपछि सीटीईभीटीको प्रमाणपत्र उपलब्ध हुन्छ । जसको मान्यता नेपालमा मात्र नभएर वैदेशिक रोजगारमा पनि हुन्छ ।

हाल विभिन्न ठाउँमा विभिन्न तालिम केन्द्र तथा पार्लर खुलेपनि सबै गुणस्तरीय नभएको पन्ध्र वर्षभन्दा धेरै अनुभव भएकी सेनेरिटा व्युटी पार्लर तथा तालिम केन्द्रकी सञ्चालिका मगरले बताइन् । उनले भनिन्, ‘सबै ट्रेनिङ्ग सेन्टर र पार्लर सरकारबाट मान्यताप्राप्त र रोजगारमुखी छैनन्, यसबारे सजग हुनुपर्छ ।’

Loading...