fbpx

मेलम्चीको भुक्त्तानी छानबिन गर्न प्राविधिक समिति गठन

काठमाडौं , १९ भदौ । मेलम्ची खानेपानी आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट भुक्तानी रकम दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागबारे मन्त्रालयले समिति निर्माण गरेको छ । खानेपानी मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको संयोजकत्वमा अध्ययन प्रतिवेदन पेश गर्न छ सदस्यीय प्राविधिक समिति गठन भएको हो ।
समितिले सिएमसी कम्पनीबाट भुक्तानी पाउन स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीहरुले दाबी गरेको रकमका सम्बन्धमा आवश्यक अध्ययन गर्नेछ । सिएमसी कम्पनीबाट पाउनुपर्ने बाँकी रकम नपाइएको भन्दै श्रमिक र भेण्डरहरुले सरकारसँग माग गरिरहेका छन् ।पीडित श्रमिकहरुको तलब ज्याला दिने सम्बन्धमा सरकारले सिएमसीले काम लगाएका श्रमिकको बाँकी रकम राहत स्वरुप उपलब्ध गराउने तैयारी पनि गरेको छ ।

Loading...