fbpx

इलाममा व्याडमिन्टन प्रतियोगिता हुने

इलाम १९ भदौ । इलाममा दशैंको अवसरका मेन्स डवल खुला व्याडमिन्टन प्रयोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी इलामले आगामी असोज ९ गतेदेखि दुई दिने जिल्ला स्तरीय प्रतियोगिता गर्न लागेको हो ।

एकेडेमीले सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएका इलामेलीहरुलाई पनि सम्मान गर्ने मदन भण्डारी स्पोर्टस् एकेडेमी इलामका अध्यक्ष मिलन खत्रीले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ र दितिय हुनेले ११ हजार रुपैयाँसहित ट्रफि, मेडल तथा प्रमाणपत्र दिइने उनले बताए । अध्यक्ष खत्रीले चाडपर्वलाई पनि खेलको प्रवद्र्धन गर्ने मौकाका रुपमा प्रयोग गर्न प्रतियोगिता अयोजना गर्न लागेको बताएका छन् ।

Loading...