fbpx

‘अर्जुन रेड्डी’का विजय छिट्टै बलिउडमा डेब्यु गर्दै

विराटनगर १८ भदौ । २ वर्ष अगाडि प्रदर्शनमा आएको तेलुगू फिल्म ुअर्जुन रेड्डीु ले अभिनेता विजय देवराकोन्डालाई रातारात तेलुगू इन्डस्ट्रीको स्टार बनाएको थियो । त्यस्तै यहि फिल्मको हिन्दी रिमेक कबिर सिंहले उनलाई बलिउडमा काम नगरे पनि बलिउड र बलिउडका चर्चित निर्देशकहरु समक्ष चिनाएको छ । केहि समय अगाडी विजय अभिनित डियर कमरेड प्रदर्शनमा आएको थियो ।

फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न नसके पनि फिल्मको हिन्दी रिमेक बनाउने खबर सार्वजनिक भएको थियो । बलिउडका चर्चित निर्माता एवं निर्देशक करण जोहरले डियर कमरेडको हिन्दी रिमेक बनाउने घोषणा गर्दै विजयलाई फिल्म समेत अफर गरेका थिए । यसका लागि उनले ४० करोड समेत अफर पनि गरेका थिए ।

बलिउडका ठूला ब्यानर तथा निर्माता र निर्देशकहरु विजयसँग चलचित्र निर्माण गर्नका लागि धेरै अफरहरु दिइरहेका छन् । बलिउडका चर्चित निर्देशक कारण जोहर, साजिद नडियाडवाला तथा सिद्धार्थ कपुरले निकै रुचि देखाइ रहेका छन् । सार्वजनिक गरिएका खबरका अनुसार जाहन्वीलाई अभिनेता विजय देवगरकोन्डाको जोडी बन्नका लागि अफर पनि गरिएको छ ।

रोमान्टिक जनरामा निर्माण हुने बताइएको चलचित्रको नाम भने अहिलेसम्म पक्का भएको छैन् । चाडै नै फिल्मको छायांकन समेत सुरु हुने भएको छ । विजय आफ्नो फिल्मका बारेमा कुरा गर्नका लागि छिट्टै मुम्बई आउने भएका छन् ।

Loading...