fbpx

ट्याँटु बनाएपछि एकाएक चर्चामा आएका फिल्मी परिवारका ‘फ्लप’ छोरा

विराटनगर, १८ भदौ । बलिउडका चर्चित अभिनेता अनील कपूरका छोरा र अभिनेत्री सोनम कपूरका भाइ नायक हर्षवर्धन कपूरले आफ्नो आधिकारिक इन्स्टाग्रामबाट आफ्नो एक तस्बिर सेयर गरेर छन् । उनले आफ्नो ढाडमा बनाएको नयाँ ट्याँटु देखाएर फोटो सेयर गरेका हुन् । उनले आफ्नो ढाडमा दुई नयाँ ट्याँटु बनाएका छन् । इन्स्टाग्राममा सार्वजनिक गरिएको तस्बिरमा हर्षले आफ्ना दुई दिदी रिया र सोनमको नाम खोपेका छन् ।

उनको यो पोष्टलाई एक घण्टामा १५ हजारले लाइक्स गरेका छन् भने अहिले समाचार बनाउने क्रममा उनको यस फोटोलाई लगभग ३५ हजार जनाले लाइक गरिसकेका छन् । उनले सार्वजनिक गरिएको फोटोमा धेरै प्रसंशकहरुले तारिफ गर्दै कमेन्टसमेत गरेका छन् । प्रशंसकहरुले भाइ होस् त यस्तो भन्दै आफूलाई पनि हर्ष जस्तो भाइ चाहिएको कमेन्ट गरेका छन् । हर्ष अनील र सुनिताका सबैभन्दा कान्छा र एक्ला छोरा हुन् ।

ठूली छोरी रिया निर्मात्री हुन् भने सानी छोरी सोमम नायिका हुन् । दिदी–भाइ सोसल मिडियामा एक अर्काबारे पोष्ट गरिरहेका हुन्छन् । ‘मिर्ज्या’ र ‘भावेश जोशी सुपरहिरो’ नामक दुई फिल्ममा हर्षले अभिनय गरेका थिए । यी दुई फिल्म बक्स अफिसमा फ्लप भएका फिल्म हुन् । उनले शुटर अभिनव बिन्द्राको बायोपिकमा मुख्य भूमिकाका लागि साइन गरिसकेका भए पनि केही कारणवश उक्त प्रोजेक्ट थुप्रै महिनादेखि अड्किरहेको छ ।

 

Loading...