fbpx

सेयर बजारमा हरियाे बत्ती

काठमाडौं, १७ भदौ । निरन्तर ओरालाे लागेकाे सेयर बजारमा मंगलबार दाेहाेराे अंकले सुधार भएकाे छ । नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबार र सोमबार दोहोरो अङ्कले घटेको नेप्से मंगलबार दोहोरो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.५७ विन्दु अर्थात् १.७६ प्रतिशतले बढेर एक हजार १९०.९० विन्दुमा पुगेको छ ।

नेप्से बढेसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीको २१ लाख ८४ हजार २७१ कित्ता शेयर किनबेच हुँदा ५१ करोड पाँच लाख ५२ हजार ४१ को कारोबार भएको छ ।

बजार सुधार हुँदा १३७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने १९ वटाको घटेको छ, अन्यको भने मूल्य स्थिर छ ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर बढेको छ । अन्य ०.०५ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घट्दा बैंकिङ १८.९८, होटल २३.६१, विकास बैंक २१.५९, जलविद्युत् २१.९३, वित्त ६.५७, निर्जीवन बीमा १२३.५३, उत्पादन ४७.९९, लघुवित्त ३३.४३ र जीवन बीमा १४५.५ विन्दुले बढेको छ ।

Loading...