fbpx

सरकारले माग्याे दुई हजार कर्मचारी

काठमाडौं,१७ भदाै । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहमा काम गर्ने करिब दुई हजार कर्मचारी माग गरेको छ । सरकारले स्थानीय तहमा रहेर करारमा काम गर्न झण्डै २ हजार कर्मचारी माग गरेको हो ।

पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजनाकालागि ७ सय ५३ वटा स्थानीय तहमा स्थापना गर्ने इकाइमा काम गर्न नायब सुब्बा र खरिदार सरहका १९ सय ८९ जना कर्मचारी माग गरेको हो ।

विभागले नायब सुब्बा सरह अपरेटर ९ सय ९४ जना र खरिदार सरहको फिल्ड सहायक ९ सय ९५ जना माग गरेको छ ।

एमआईएस अपरेटरका लागि प्लस टु पास र ६ महिना कम्युटर तालिम लिएको हुनुपर्नेछ । फिल्ड सहायकका लागि एसएलसी उतीर्ण हुनुपर्नेछ ।

काम गर्नेहरुले करारमा एक पटकमा बढीमा एक वर्ष कम गर्न पाउनेछन् । दुबै पदमा अनलाइनमार्फत दरखास्त दिन सकिने छ ।

Loading...