fbpx

गर्मीले सतायो ? सातुले शरीरलाई शितल बनाउनुहोस् !

पछिल्लो केही दिनयता गर्मी अत्याधिक बढेको छ । गर्मीका कारण दैनिक जीवन यापनमा पनि कठिनाई छ । गर्मीमा शितलता प्रदान गर्न सातु उपयोगी मानिन्छ । सातु मकै, चना, जौ अर्थात् कोदोको बनाउने गरिन्छ । सातुमा कागतिको रस, नुन, पानी र जीरा मिश्रण गरेर पनि सेवन गर्न सकिन्छ ।

आयुर्वेदका अनुसार शरीरलाई चाहिने धेरै किसिमका पोषक तत्वहरु पाइने हुदा सातुको सेवनले शरीरमा प्रशस्त मात्रामा पोषण दिने गर्छ । सातुमा अत्यधिक मात्रामा प्रोटिन हुने भएकाले गर्मी मौसममा सातुको सेवनले शरीरमा शितलता र तुरुन्तै उर्जा प्रदान गर्ने गर्छ । सातुको नियमित सेवनले मानव स्वास्थ्यमा निकै फाइदा पुग्छ ।

सातु खादा गर्मीमा शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याएर चिसो बनाइ राख्न मद्दत गर्छ । सातुको सेवनले शरीरमा अल्छि हटाएर तत्कालै उर्जा प्रदान गर्छ । पटक पटक भोक लागिरहन्छ वा खाना खादा सन्तुष्ट भइएन भने सातुको प्रयोगले फाइदा पुग्छ ।

सातु खाने या सातुको सर्वत पिएपछि लामो समयसम्म भोकको अनुभव हुने गर्दैन । सातुको सेवनले भोकको अनुभुति हटाउनका साथै शरीरलाई कमजोर पनि हुन दिदैन ।

सातुमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा यसको नियमित सेवनले पाचन प्रक्रियालाई सक्रिय बनाएर अरुची, एसिडिटी, कब्जियत, ग्यास्ट्रिक तथा पेटमा हुने विभिन्न समस्यालाई ठिक पर्ने गर्दछ । फाइबर प्रसस्त मात्रामा पाइने भएकाले नियमित रुपमा सातुको सेवन गर्नाले खानेकुरालाई सजिलैसँग पचाउने भएको कारणले यसले तौललाई नियन्त्रणमा ल्याउनुका साथै मोटोपनबाट हैरान भएका मानिसहरुका लागि उपयुक्त हुने गर्छ ।

सातुको नियमित सेवनले लिभरलाई पनि बलियो बनाउन मद्दत गर्छ । सातुको सेवनले छालालाई नरम र चम्किलो बनाउन समेत महत्व पूर्ण भूमिका खेल्दछ । यसको सेवनले अनुहारको दाग, चाया तथा पोतोलाई हटाएर छालालाई चाउरी पर्न दिदैन । सातु डाइबिटीज र उच्च रक्तचापका बिरामीहरुका लागि बरदान साबित भएको छ ।

यसले शरीरको कोलेस्टेरोलको मात्रालाई कम गरेर उक्तरक्त चाप, मधुमेहलाई नियन्त्रण गर्नुका साथै मुटु सम्बन्धि विभिन्न रोगहरुबाट जोगाउन मद्दत पुर्याउछ । यसको नियम्नित सेवनले हड्डी तथा मांसपेशीको बिकाशमा मद्दत पुर्याएर हड्डी, जोर्नी दुख्ने समस्या कम हुने गर्छ ।

Loading...