fbpx

श्रम कार्यालयमा सञ्जेलको छ महिना : १ सय २६ श्रमिकको करिब दुई करोड उठ्यो (भिडियोसहित)

विराटनगर,१६ भदौ । प्रेमप्रसाद सञ्जेल श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएपछि बैदेशिक रोजगारीमा ठगिएकाहरुको करिब दुई करोड रुपैयाँ असुली भएको छ । गत फागुनमा श्रम कार्यालयमा हाजिर भएका सञ्जेलले बैदेशिक रोजगारीमा ठगिएका १ सय २६ जनाको  एक करोड ८२ लाख ७५ हजार रुपैयाँ  असुलउपर गरिदिएका हुन् ।

काम गर्न चाहेको खण्डमा सम्भव छ भन्ने उदारण बनेका सञ्जेल । कार्यालय समय भन्दा अगाडी नै अफिस पुग्ने सञ्जेल कार्यालय प्रवेश गरेदेखि नै रोजगारीका क्रममा ठगिएकहरु आउने गरेको बताउँछन् ।

श्रम कार्यालयका वरिष्ठ श्रम अधिकृत सञ्जेलले सर्बाेच्चको आदेशपछि पून बहाली भएका सञ्जेलले रोजगारीका नाममा ठगि गर्नेहरूमाथि कडा रूपमा प्रस्तुत हुँदै आएका छन ।

गत फागुन २३ गतेदेखि भदौको पहिलो सातासम्म वैदेशिक रोजगारमा ठग्ने दलालहरूलाई पक्राउ गरी १ सय २६ जना पीडितको रकम फर्ता गराएको सञ्जेलले बताए ।

कार्यालयले श्रम स्विकृति समेत प्रदान गरिरहेको छ । १४ जना मात्र कर्मचारी रहेको कार्यालयले प्रत्येक दिन २ सय ६ जनासम्मकालागि श्रम स्विकृती प्रदान गर्दै आएको उनले बताए । प्रदेश १ को १४ जिल्लाबाट बैदेशिक रोजगारीमा जानेहरु श्रम स्किृति लिन आउने गरेका छन् ।

श्रम कार्यालयले उद्योगमा काम गर्ने क्रममा अंगभंग भएका श्रमीकलाई उद्योगबाट ४ देखि ७ लाख असुलउपर गराईदिएको छ ।

Loading...