fbpx

  आन्तरिक प्रशिक्षणमा व्यस्त मिस्टर दाह्रीहरु(फोटो फिचर)

काठमाण्डौ ,१६ भदौ । नेपालमा पहिलोपल्ट आयोजना भएको  मिस्टर दाह्रीको अन्तिम प्रतियोगिताकालागि  प्रतिस्पर्धी यूवाहरु सकृय रुपले आन्तरिक प्रशिक्षणमा जुटिरहेका छन ।

विराटनगर ,ईटहरी , बिर्तामोड , चितवन , पोखरा र काठमाण्डौको अडिसनबाट छानिएका युवाहरु सक्रृय रुपले फाइनल राउण्डकालागि आन्तरिक प्रशिक्षणमा व्यस्त भएका हुन ।

आयोजक थनडर प्रोडक्सनका प्रबन्ध निर्देशक बिजय कार्कीका अनुसार सम्पन्न अडिसन मध्ये विराटनगर र विर्तामोडबाट ३, ३ जना , इटहरीबाट ४ पोखराबाट ८  , काठमाडौबाट १० र चितवनबाट २ जना युवाहरु अन्तिम प्रतिस्पर्धाको लागि छानिएका छन ।

एक महिनादेखी फाइनललागि एक महिना आन्तरिक प्रशिक्षण लिइरहेका प्रतियोगी युवाहरुले ५ असोजमा  रास्ट्रिय नाचघर काठमाण्डौमा हुने फाइनल अडिसनमा आफनो क्षमता प्रर्दशन गर्नेछन ।

Loading...