fbpx

नेपाली संस्कृति विश्वकोश तयार गर्ने प्राडा

प्राडा सोमप्रसाद खतिवडा विराटनगरस्थित स्नातकोत्तर क्यापसको संस्कृति विभागका प्राध्यापक हुन् । नेपालको संस्कृतिलाई विश्वमा चिनाउन निरन्तरखोज अभियानमा लागेका प्राडा खतिवडाले आफ्नै मेहनत र लगानीबाट विश्व संस्कृतिकोश तयार पारेका छन् । संस्कृतिको अध्ययन, अनुसन्धान र लेखनमा निरन्त लागिरहेका प्राडा खतिवडाले हालसम्म संस्कृतिसम्बन्धी दुई दर्जन पुस्तक र सयौँ लेखहरू लेखिसकेका छन् । संस्कृतिसम्बन्धी दर्जनौँ अध्ययन अनुसन्धानमा सामेल भइसकेका संस्कृति विज्ञ प्राध्याक डाक्टर सोमप्रसादको संघर्ष र प्रगतीबारे कोशी अनलाइनका लागि यज्ञ अधिकारी यसरी जानकारी दिन्छन् …………….

‘हामीले जे गर्छौ त्यहि संस्कृति हो’ लामो समयदेखि संस्कृतिको बारेमा अध्यापन गराउँदै आएका र सोही क्षेत्रमा कार्यरत संस्कृतिविद प्राडा सोमप्रसाद खतिवडा भन्छन् । नेपालको संस्कृतिको बारेमा दुई दर्जन बढी पुस्तक प्रकाशन गरिसकेका प्राडा खतिवडा अहिले पनि संस्कृतिसम्बन्धी पुस्तकको तयारीमा खटिरहेका छन् । खतिवडा अहिले पशुपति विश्वकोशको लेखनमा व्यस्त छन् । त्यसका लागि उनी दैनिक १८ घण्टासम्म काम गरिहेका छन् ।

नेपाली संस्कृतिको रसले विज्ञ बनायो

उच्च शिक्षा अध्ययनको क्रममा संस्कृतिका बारेमा रस पलाएकोले आफ्नो जीवन यही क्षेत्रमा लगाएको उनी बताउँछन् । उनले केही समय अघि २५ वर्षसम्म अथक मेहेनत गरेर ‘नेपाली संस्कृति विश्वकोश’ प्रकाशनमा ल्याएका छन् । नेपाली सांस्कृतिक कोष तयार गर्नका लागि उनी जहाँ पुग्थे र जे देख्थे त्यही कुरा संकलन गर्थे । पम्प्लेट, बुकलेट संकलन गर्दै हिँड्थे । उनले आवश्यक सन्र्दभ पुस्तकहरू प्नि आफैँले किनेर विश्वकोश तयार पारे । ‘संस्कृतिकोश मैले मेरो लागि हैन समाजको लागि लेखेको हुँ,’ उनले भने ।

उनले अथक मेहनत गरेर लेखेको पुस्तक नेपाली संस्कृतिकोष महत्त्वपूर्ण भएपनि उति चर्चामा आएको छैन । तर, यसमा प्राडा खतिवडालाई कुनै गुनासो छैन । आफूले लेखेको पुस्तकको महत्त्व अहिले नै नबुझे पनि समयसँगै यसको महत्त्व बढ्ने उनको बुझाइ छ । विदेशमा रहेका नेपालीहरूले उनको पुस्तक धेरै खोजी गरिरहेका छन् । ‘संस्कृतिको विषयमा मानिसले नबुझेकोले मात्र यसमा चासो नदिएका हुन्, बुझेपछि समयसँगै पुस्तकको आफैँ महत्त्व बढेर जानेछ’, आफनो पुस्तकबारे उनी विश्वास व्यक्त गर्छन् ।

नेपाली संस्कृति विश्वकोष नेपाल सरकारले गर्नुपर्ने काम हो । तर, सरकारले लाखौँ खर्चेर गर्नुपर्ने काम आफू एक्लैले गरेकोमा प्राडा खतिवडा दङग छन् । उनका अनुसार मौलिक संस्कृतिमा विश्वमै धनी भएपनि नेपाल सरकारले अहिलेसम्म पनि नेपालको संस्कृतिसम्बन्धी विश्वकोश तयार पारेको छैन । यसैले दस्तावेजको अभावमा नेपाली संस्कृतिको उद्गमस्थल हराउँदै जान थालेका छन् ।

ss

संस्कृतिको संरक्षणका लागि लेखनमा धेरै जना लाग्नुपर्छ

अति व्यापक रहेको धर्म र संस्कृति एक जुनिमा मात्र पढेर नसकिने उनको अनुभव छ । विराट रूपमा फैलिएको धर्म–संस्कृति अध्ययन गरेर नसकिने उनको बुझाइ हो । संस्कृतिको क्षेत्रमै आफ्नो जीवन उत्सर्ग गरेका खतिवडा यसलाई एक जनाले मात्र लेखेर संरक्षण गर्न नसकिने ठान्छन् । ‘संस्कृति पुस्ता–पुस्तासम्म जाने विषय हो,’ उनले भने, ‘म एउटाले मात्र लेखेर सकिँदैन ।’

झट्ट हेर्दा पुराण एउटा पुस्तक मात्र हो । त्यसभित्र अध्ययन गर्दा लाखौँ प्रकारका सोच पाउन सकिने संस्कृतिविद डा खतिवडा बताउँछन् । भन्छन्, ‘त्यहाँभित्र ब्रमाण्ड छ । निराकार ज्ञान छ । मानव जीवनमा ज्ञान नै ठूलो कुरा हो ।’

हिमाल चढ्नेभन्दा संस्कृति अध्यन गर्न आउने पर्यटक धेरै

नेपाली हिमाल चढ्न आउने पर्यटक एक प्रतिशत पनि हुँदैनन् । तर यहाँको संस्कृतिको बारेमा जानकारी लिन आउनेको पर्यटकहरूको संख्या हिमाल चढ्नेहरूको भन्दा चौब्बर संख्या छ । नेपाली संस्कृतिमा विद्यावारिधिसमेत हासिल गरेका प्राडा खतिवडाका अनुसार नेपालमा ‘कल्चरल ट्रायल’मा आउने पर्यटकहरूको संख्या बढ्दो छ । यसले नेपाली संस्कृति र सम्पदाप्रति विश्वका मानिहरूको अझै अघात स्नेह रहेको विज्ञ खतिवडा बताउँछन् ।

नेपालमा जति धेरै चासो र सहयोग मठमन्दिरमा हुन्छ त्यत्ति आर्थिक विकास र बाटोघाटो निर्माणमा हुँदैन । मन्दिर निर्माण गर्नुपर्ने भयो भने अहिले पनि स्वतः स्फूर्त रकम जम्मा हुन्छ । यसले पनि हाम्रो धार्मिक संस्कृतिप्रतिको मोह कस्तो भन्ने प्रष्ट हुन्छ, खतिवडा भन्छन्, ‘कुनै मन्दिर कसैले भत्कायो भने मान्छेले मान्छेलाई मार्न तयार हुन्छन् तर मन्दिर मासिन दिँदैनन् ।’

धर्म संस्कृति अति बृहत र व्यापक रहेको बताउने खतिवडा यसलाई पढेर नसकिने बताउँछन् । पुराण फेरि पनि पढ्नभन्दा सुन्न मनलाग्ने उनले बताए । नेपालीहरू धार्मिक पुराणहरू एक पटक सुनेर सन्तुष्ट हुँदैनन् र पटक–पटक पढ्छन् र सुन्छन् । समय–समयमा भइरहने पुराणको आयोजनामा एउटै मानिस सुन्न पुग्छन् । नेपाली धार्मिक संस्कृतिमा राजनैतिक बन्धन पनि छैन ।

विकसित मुलुकमा संस्कृतिलाई महत्त्व दिने गरेको उनले बताए । संस्कृति क्षेत्रमा लाग्न चाहनेलाई सरकारले प्रोत्साहन गर्ने गर्दछ । अन्यको तुलनामा संस्कृति क्षेत्रमा लाग्न चाहनेलाई सरकारले बढी महत्त्व दिन्छ । नेपालमा भने त्या अवस्था नभएको संस्कृतिविद खतिवडा बताउँछन् ।

राजनैतिक नेतृत्त्वले आफनो संस्कृति बुझेको छैन

राजनैतिक नेतृत्त्वले संस्कृतिको महत्त्वलाई नबुझेकोले अझै नेपालमा संस्कृतिको महत्त्वबारे प्रष्ट बुझाइमा कमी रहेको उनको अनुभव छ । नेपाली संस्कृतिको विश्वमा उचित प्रचारप्रसार भएमा प्रयाप्त पर्यटक भित्राउन सकिने उनी बताउँछन् ।

‘हाम्रो संस्कृतिको यथेष्ट प्रचार–प्रसार गर्न सकेको खण्डमा २० हैन ४० लाख पर्यटक भित्र्याउन सकिन्छ,’ प्राडा खतिवडाले दाबी गर्छन् । संस्कृतिलाई सरकारले महत्त्व दिएको खण्डमा पर्याप्त रोजगारी सिर्जना हुन सक्ने उनको बुझाइ छ । सरकारको नेतृत्त्व र राजनैतिक पाटीले धर्म र संस्कृतिको महत्त्वलाई बुझ्न नसक्दा नेपालको धर्म–संस्कृतिको क्षेत्र भयाभह अवस्थामा रहेको उनले बताए ।

संस्कृतिबारे २६ पुस्तक प्रकाशित

संस्कृतिविद प्राडा सोमप्रसाद खतिवडाका २६ वटा पुस्तक प्रकाशन भएका छन् । उनका पुस्तकहरूमा नेपाली संस्कृति विश्वकोश, कौशीकी संस्कृति, रामधुनी बाबा बनस्खण्डी, सिमसार र संस्कृति, मोरङको सांस्कृतिक पर्यटक, हिन्दू समाज र धर्म, नेपालको लिपी र मुद्राहरू, परातत्त्वको परिचय, अनुसन्धान पद्धतिलगायत रहेका छन् । प्रकाशोन्मुख कृतिहरूमा पशुपति विश्वकोश, कोशी सभ्यतामा बौद्धधर्म, जिविका र संस्कृति आदि छन् । खतिवडाले ३ सय ५० भन्दा बढी संस्कृतिसम्बन्धी लेख रचना विभिन्न सञ्चार–माध्यममा प्रकाशन भइसकेका छन्् । उनी संस्कृति क्षेत्रमा ३ दर्जन बढी अनुसन्धानमा सामेल भइसकेका छन् ।

समाजबाट धमाधम सम्मान

२०२० सालमा तेह्रथुममा जन्मिएका प्राडा सोमप्रसाद महेन्द्र विद्याभूषण दोश्रो, गोकुलचन्द्र शास्त्री स्वर्णपदक, महेन्द्र विद्याभूषण प्रथम, संस्कृति विद्याको राष्ट्रिय प्रतिभा पुस्कार, देवकिसान मुन्दडा धर्मसंस्कृती पुरस्कारलगायतबाट पुरस्कृत भइसकेका छन् ।

Loading...