fbpx

आँचललाई गाली नगरिदिन आग्रह गर्दै पलले लेखे यस्तो स्टाटस

विराटनगर, १५ भदौ । फिल्म ‘नाईं नभन्नू ल ४’ बाट अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माले एकसाथ ठूलो पर्दामा डेब्यू गरेका थिए । यी दुईले थुप्रै म्युजिक भिडियोमा काम गरिसकेका छन् । साथै ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा पनि सँगै स्क्रिन सेयर गरिसकेका छन् ।

दर्शकले दुईको जोडी निकै रुचाउने गरेका छन् । यी दुईलाई भिडियो र फिल्ममा लिन निर्माता तथा निर्दशकहरुको हानाथाप नै हुने गर्दछ । जोनी जेन्टलम्यान’ को रिलिज गर्ने बेलामा पल र आँचलको प्रेम सम्बन्धको चर्चा चल्न सुरु भएको थियो । तर, यी दुइले कहिल्यै पनि यो कुरालाई स्वीकार गरेका छैनन् ।

aa

उनीहरु सधैं एउतै खल्के जवाफ फर्काउँछन्, ‘हामी मिल्ने साथी मात्र हौं र हामीबीच साथीभन्दा माथिको सम्बन्ध कहिले पनि स्थापित भएको छैन ।’ तर, यो कुरालाई कसैले पनि मान्न तयार भएका छैनन् । फिल्मी करिअरमा ठूलो असर पर्ने भएकाले दुईले आफ्नो प्रेम सम्बन्ध स्वीकार गर्न नसकेको विभिन्न मिडियाहरुमा उल्लेख गरिएको छ ।

केही समयदेखि दुईले साथमा फिल्म गर्न छाडेपछि अहिले बजारमा उनीहरुको प्रेम सम्बन्धको अन्त्य भएको हल्ला भइरहेको छ । आँचल डाक्टर उदीप श्रेष्ठको प्रेममा रमाई रहेकी छन् । केही दिनदेखि आँचललाई पलका फ्यानले पललाई धोका दिएको भन्दै सामाजिक सञ्जालमा गाली गरिरहेका छन् ।

यस्तैमा पलले आँचल आफ्नो साथी मात्र रहेको, आँचलसँग आफ्नो प्रेम सम्बन्ध नभएको र आँचललाई गाली नगर्न फ्यानलाई आग्रह गर्दै फेसबुकमा लामो स्टाटस लेखेर सेयर गरेका छन् । फिल्म ‘शत्रु गते’ पछि यी दुईले केही म्यूजिक भिडियोमा सहकार्य गरे पनि कुनै अरु फिल्ममा भने हुन सकेको छैन । उनीहरु अहिले फरक(फरक प्रोजेक्टमा काम गरिरहेका छन् । पल ‘म यस्तो गीत गाउँछु २’ को छायांकनमा व्यस्त हुँदै छन् भने आँचल ‘झिँगेदाउ’ नामक फिल्मको तयारीमा रहेकी छन् ।

मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनु भएको छ, आज स्पष्ट पार्न चाहन्छु आँचल र म सधै राम्रो साथि थियौ र रहने छौ । सबै…

Posted by Paul Shah on Saturday, August 31, 2019

Loading...