fbpx

निर्माणमा गुण्डागर्दी गर्नेहरुका दिन गए , मन्त्री अर्याल

स्याङ्जा, १५ भाद्र । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भुमि पद्मा्कुमारी अर्यालले बिकासमा गुण्डागर्दी गर्नेहरुलाई सरकारले तह लगाएरै छाडने बताएकी छन । उनले काम नगर्ने ठेकेदारको दिन समाप्त भएको जानकारी पनि गराइन ।
उपकार बचत तथा क्रृण सहकारी संस्थाले स्याङ्जाको वालिङ स्थित चापाकोट ८ दामाचौरमा आइतबार तीज गीत प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले खरिद ऐन चाँडै शंसोधन गराउने र नयाँ नीति तैयार गर्ने जानकारी गराइन । निर्माणमा हुने ढिलासुस्तीबारे कठोर बन्दै मन्त्रि अर्यालले भनिन ,– ‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै काम नसक्ने ठेकेदारहरुका अब दिन गए उनिहरु सबै कालो सुचीमा पर्छन् । ’
सिद्धार्थ राजमार्गको बुटवल पोखराको बाटो २ घण्टामा छोटयाउन लागेको पनि मन्त्रि अर्यालले जानकारी गराइन ।

Loading...