fbpx

गाईगोरु मृत फेला परेको घटना छानविन गर्न गृहमन्त्रायबाट समिति गठन

काठमाण्डौ, १४ भदौ । कान्जि हाउसका छाडा चौपायालाई अर्को प्रदेशको जंगलमा लगेर कानून बिपरित सुटुक्क छाडेको र २४ वटा गाईगोरुहरु मृत फेला परेको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका २१ मा रहेको कान्जिहाउसबाट छाडा चौपाया ५ वटा ट्रकमा हालेर अर्को प्रदेशमा लगेर सुटुक्क जङगलमा छाडदा भीरबाट खसेर २४ वटा चौपाया मृत फेला परेको र दजनौ घाइते भएको सार्वजनिक भएपछि सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयले शनिवार छानबिन समिति गठन गरेको हो ।
उपसचिव सागरमणी पाठको नेतृत्वमा गठन भएको ४ सदस्यि समितिको प्रतिबेदन अनुसार सरकारले दोषी व्यक्त्ति र निकायहरुलाई कानूनी कार्वाही गर्ने गृह मन्त्रालयका प्रबक्त्ता सहसचिव रामकृष्ण सुबेदीले जानकारी दिएका छन ।
३७० वटा छाडा चौपाय जङलमा लगेर छाडिएका थिए
कर्णाली प्रदेशमा पर्ने दैलेख जिल्लाको भैरवीगाउँपालिका १ मा रहेको मन्दिर व्यवस्थापन समितिलाई प्रदान गर्न भन्दै ५ नम्बर प्रदेशमा पर्ने नेपालगन्ज उपमहानगरपालिकाले बाँके प्रशासनबाट परिपत्र बनाएर कान्जि हाउसमा रहेका ३ सय ७० वटा गाइगोरु बाच्छाबाच्छी १२ भदौ राती सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ कटुकुवा स्थित दैलेख सुर्खेत सडक खण्डको जंङगलमा सुटुक्क छाडेको थियो । १३ भदौ बिहान १८ गाई र ६ वटा गोरु मृत फेला परेका थिए । अर्को प्रदेशको छाडा चौपाया ल्याएर छाडेपछि प्रहरीले चौपाया लाने ८ वटा ट्रक मध्ये ५ वटा ट्रक र चालकलाई पक्राउ गरेको छ ।
१४४ गाईगोरु र बाच्छाबाच्छी नेपालगन्ज नै फर्काइयो
उता बिरेन्द्रनगर नगरपालिकाले आफनै नगरमा छाडा चौपाया नियन्त्रण गर्न समस्या भैरहेकाले अर्को प्रदेशबाट ल्याएका चौपाया पाल्न नसक्ने भन्दै नेपालगन्ज नै फिर्ता पठाएको छ । अलपत्र र घाइते भएका १०५ गाई १५ गोरु २१बाच्छा ३ बाच्छिलाई दैलेख प्रशासनको सहयोगमा उद्धार गरि १४ गते बिहान नेपालगन्ज नै फर्काएको गृह मन्त्रालयले जनाएको छ ।
मन्दिर समितिले भन्यो ,— चौपाया मागेका छैनौ , झुठो कागजात बनाइयो
उता दैलेखको भैरवी गाउँपालिका १ मा रहेको मन्दिर व्यवसथापन समितिले आफुहरुले नेपालगन्ज उपमहानगरपालिकासँग कुनै चौपाया नमागेको र कसैले आधिकारिक पत्र पनि नपठाएको बताएको छ । १४ भदौमा बिज्ञप्ती प्रकाशित गर्दै मन्दिर व्यवस्थापन समितिले नेपालगन्ज उपमहानगरले झुठो कागजात बनाएको आरोप लगाएको छ ।

Loading...