fbpx

कृषीमा भौगोलिक वतावरण सुहाउँदो लगानी उपयुक्त्त

बिर्तामोड  , १४ भदौ । झापाका कृषहरुले मकै , पुष्प , सुपाडी , मरिच, अदुवा, धान र तरकारी खेती अनि पशुपंक्षी र माछा पालन व्यावसाय फस्टाउने भएकोले जिल्लाको भौगोलिक वतावरण अनुसार कृषी क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विर्तामोडमा कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा १३ भदौमा सम्पन्न अन्तरक्रियामा सरोकारावालाहरुले त्यस्तो सुझाव दिएका हुन ।
उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष श्री नरेन्द्र कुमार खड्काले कृषि क्षेत्रमा बढी संभावना बोकेको प्रदेश नं.१ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान हुन्छ भन्न प्रस्ट हुनकालागि प्रत्यक्ष अन्तरक्रिया थालेको बताए ।
परम्परागत दृष्टिकोण भन्दा पनि कृषि व्यवसायको सोचलाई परिवर्तन गरी अन्र्तराष्ट्रिय बजारको माग अनुसार लगानी बढाउनुपर्ने उद्योग वाणिज्य संघ, वस्तुगत संघ लगायत कृषिमा संलग्न महानुभावहरुको सहाभागिता रहेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहराले भारत लगायत केही देशहरुमा कृषीमा लगानी बढाएकै कारण ठुलो फड्को मारी सकेकोले त्यसको सिको नेपालले पनि गर्नुपर्छ भने । उनले प्रदेश नं. १ मा कृषिको प्रशस्त संभावना रहेको तर यथेष्ट नीति नियमका कारण कृषिजन्य वस्तुहरुको सोचे अनुसार निर्यात हुन नसकिरहेको बताए ।
विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराइले झापामा सुहाउदो खेती र व्यवसायमा लगानी बढाउन सके कृषि व्यवसाय प्रवद्र्धन हुने र कृषिजन्य वस्तु निर्यात गर्न सकिने जानकारी गराए ।
सहभागी कृषहरुले झापामा उत्पादित चिया, अदुवा, सुपाडी लगायतका वस्तुको उत्पादन बढाउन लगानी थप गरेर विभिन्न कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए ।

Loading...