fbpx

एनआइसि एसिया बैकमा १ करोड ३१ लाख ५० हजार सम्मको बिमा

रङ्गेली १४ भदौ । चमत्कारीक खाता ल्याएको एनआइसी एसिया बँैकले फेरी नयाँ सुपर चमत्कारिक खाता आफ्ना निक्षेप कर्ताकोलागि ल्याएको छ ।
२२ औ बािर्षक उत्सवको अवसरमा ३० विशेषता भएका नयाँ सुपर चमत्कारिक बचत खाता ल्याएको विराटनगरमा पत्रकार सम्मेलन गरेर बैकले जानकारी दिएको हो ।
बैंकले सुपर चमत्कारिक बचत खाता ,सुपर चमत्कारिक नारीबचत खाता,सुपर चमत्कारीक जेष्ठ नागरिक बचत खाता,सुपर चात्कारिक बाबु नानी बचत खाता ,सुपर चमत्कारिक विद्यार्थी बचत खाता ,सुपर चमत्कारिक स्वरोजगार बचत खाता ,सुपर चमत्कारिक बैदेशिक रोजगार बचत खाता ,सुपर चमत्काकि उद्यमशील बचत खाता र सुपर चमत्कारिक तलब बचत खाता ल्याएको छ ।
उल्लेखित खाताका निक्षेपकार्ताले १ करोड ३१ लाख ५० हजार सम्मको बिमा सुविधा पाउने बैकका प्रदेश प्रमुख दिपक थापाले जानकारी दिए । जसअन्तरगत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड सम्मको बिमा सुविधाका पाउने पत्रकार सम्मेलनमा थापाले जानकारी दिए । यसका अलावा निक्षेपकर्ता दम्पतिकालागी २५ घाटक रोग लागेको अवस्थामा ३० लाख सम्मको विमा सुविधा पाउन सक्ने छन । सँगै परिवारका लागि १ लाख ५० हजार सम्मको उपचार विमा सुविधा रहेको प्रमुख थापाले बताए ।
यस खाताका निक्षेप कर्ताहरुलाई निशुल्क एटिम सहितका विभिन्न सेवा निशुल्क गरेको छ ।
प्रदेश १ मा ५५ वटा शाखा रहेको बैंकको देशभरी २ सय ९६ कार्यालय रहेका छन् । त्यसैगरी ३ सय ४६ एटिएम,५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रवाह गरिरहेको छ ।

Loading...