fbpx

नेपालका बारे राेचक तथ्यहरू

विराटनगर, १३ भदौ । संसारमा नेपाल मात्र एउटा देश हो, जसको राष्ट्रिय झन्डा चारपाटे नभएर त्रिकोणात्मक आकारको छ । नेपाल मात्र एउटा यस्तो देश हो, जुन समुन्द्र सतहको उचाई ६० मिटर देखि ८८४८ मिटर उचाईसम्म फैलिएको छ ।

यदि नेपालको नक्सालाई ९० डिग्रिमा दायाँबाट घुमाउने हो भने झन्डै पोर्चुगलको नक्सासगँ मिल्न जान्छ । त्यसैले पनि होला नेपाल र पोर्चुगललाई विश्वको मानचित्रमा जुमल्याहा भनेर मानिने गरिन्छ । नेपाली क्यालेन्डर अंग्रेजी क्यालेन्डर भन्दा ६७ वर्षअगाडी रहेको छ ।

नेपालको राजधानी काठमाण्डौँलाई मन्दिर नै मन्दिरको शहर भनेर चिनिने गरिन्छ । काठमाण्डौको १५ किलोमिटरभित्रको चौडाइमा १५ वटा स्थानहरू विश्व सम्पदा सूचीमा पर्छन् । र, काठमाण्डौँलाई संसारको जीवित सांस्कृतिक संग्रहालय पनि मानिने गरिन्छ । नेपालमा जिवित भगवान पाइन्छ, जसलाई कुमारी भनेर चिनिने गरिन्छ ।

नेपालमा कसैलाई सुरुमा भेट्दा प्रयोग गरिने नमस्तेको अर्थ म तपाईँभित्र रहेको परमेश्वरलाई सलाम गर्छु हो । नेपालमा ८० भन्दा बढी जातजाती समूहहरू रहेका छन् र १ सय २३ भन्दा बढी मातृभाषाहरु बोल्ने गरिन्छ । नेपाल मात्र विश्वको एउटा यस्तो देश हो, जहाँ आजसम्म जात र धर्मको नाममा कुनै पनि युद्ध भएको छैन । नेपालका गोर्खालीहरू संसारको प्रसिद्ध योद्धा हुन्, जसले नेपाललाई ब्रिटिस उपनिवेस हुन दिएनन् ।

सन् १८१५ देखि अहिलेसम्म पनि नेपालीले गोरखाली ब्रिटिस आर्मीको रूपमा लगातार सेवा दिँदै आइरहेको छ । विश्वमा रहेका १४ वटा सबैभन्दा अग्ला हिमालहरूमध्ये नेपालमा ८ वटा अग्ला हिमालहरू पर्दछन् । जसमध्ये विश्वको सबैभन्दा ठूलो शिखर सगरमाथासहित विश्वको ८ हजार मिटरभन्दा अग्ला हिमालहरू मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धौलागिरी, मनास्लु र अन्नपूर्ण हुन् ।

४८०० मिटरको उचाइमा रहेको नेपालको तिलिचो ताल संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो र यसका साथै त्यहाँ रहेको अरुण भ्याली सबैभन्दा अग्लो स्थानमा रहेको भ्याली हो । नेपालको दक्षिण भागमा अवस्थित रहेको लुम्बिनी शहर सिद्धार्थ गौतम बुद्धको जन्म स्थान हो । बुद्धले आविस्कार गरेको वौद्ध धर्म अहिले विश्वको प्रमुख धर्महरूमध्ये एक मानिन्छ ।

संसारभरि पाइने चराहरूको प्रजातिमध्ये ८५ प्रतिशत नेपालमा पाइन्छ । नेपालका लगभग ८ सय ७० प्रजातिका चराहरु पाइन्छ, जुन युरोप र उत्तर अफ्रिकाका सम्पूर्ण महाद्वीपभन्दा धेरै रहेको छ । नेपालमा ६ सय ५० प्रजातिका पुतलीहरू पाइन्छ, जुन विश्वको ४.२५ प्रतिशत हो । विश्वमा पाइने स्तनपान गराउने जनावरहरूमध्ये ३.९५५ नेपालमा पाइन्छ । त्यसैले नेपाललाई एसियाको अमेजन भनेर पनि चिनिने गरिन्छ ।

Loading...