fbpx

शरीरमा कोठीको स्थानका अनुसार व्यक्तिको स्वभाव कस्तो ?

विराटनगर, १३ भदौ । ज्योतिष शास्त्रका अनुसार शरीरका विभिन्न अंगमा हुने कोठीका आधारमा व्यक्तिको चरित्र जान्न सकिन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा समेत यसबारे वर्णन गरिएको छ । शास्त्रमा शरीरको कुन अंगमा र कुन साइडमा कोठी भए के कस्तो फल प्राप्त हुन्छ भन्ने उल्लेख गरिएको पाइन्छ ।

दाहिने गालामा कोठी हुने व्यक्तिहरु धनी हुन्छ भने बायाँ गालामा कोठी हुनेहरु एकदम खर्चालु हुने गर्छन् । निधारमा कोठी हुनेहरु बलवान र शक्तिशाली हुन्छन् । यिनीहरुलाई भाग्यमानी पनि मानिन्छ । दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नो श्रीमतीलाई एकदम बढी माया गर्ने हुन्छन् । तर, बायाँ आँखाको ढकनीमा कोठी हुने व्यक्तिहरुको दाम्पत्य जीवन सुखी हुँदैन ।

चिउँडोमा कोठी हुने पुरुषलाई उनीहरुका श्रीमतीले बढी माया गर्ने गर्छन् तर, उनीहरुले भने आफ्नो श्रीमती जतिको माया गर्न सक्दैनन् । ओठ र ओठ नजिकै कोठी हुने व्यक्तिहरु यौनको भोको हुन्छन् । कानमा कोठी हुने व्यक्तिहरु धेरै भाग्यमानी, बुद्धिमान, र छिटो फैसला लिने खालका हुन्छन् । बायाँ कानमा कोठी भएका व्यक्तिहरुको दाम्पत्य जीवन एकदम सुखमय हुने गर्छ ।

नाकमा कोठी हुने व्यक्तिहरु फिरन्ते स्वभावमा हुन्छन् र प्रायः यिनीहरुलाई यात्रा गरिरहन मन पर्छ । गर्धनमा कोठी हुने व्यक्ति अल्छी र आराम गरिरहन मात्र चाहने खालका हुन्छन् भने यिनीहरुलाई गहना लगाउन एकदम मनपर्ने हुन्छ । दाहिने हातका पाखुरामा कोठी हुने व्यक्तिले समाजमा उच्च स्थान हाँसिल गर्न सक्छन् । त्यस्तै बायाँ हातको पाखुरामा कोठी हुने व्यक्तिहरु एकदम झगडालु स्वभावका हुने गर्छन् ।

दाहिने हत्केलामा कोठी हुने व्यक्तिहरु बलवान हुन्छन् भने बायाँ हत्केलामा कोठी हुनेहरु एकदम खर्चालु हुने देखिन्छ । उनीहरुलाई जे मनपरे पनि किनी हाल्नु पर्ने हुन्छ । खुट्टामा कोठी हुनेहरुलाई एकदम यात्रा गरिरहन मन पर्नुका साथै यिनीहरु धेरै यात्रा पनि गर्न पाइरहेका हुन्छन् । दायाँ खुट्टामा कोठी हुने बुद्धिमानी र बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

कम्मरमा कोठी हुनेहरु धेरैजसो रोगी हुने गर्छन् । पेटमा कोठी हुनेहरु विभिन्न प्रकारका खानाका निकै सौखिन हुन्छन् । दायाँ छातीमा कोठी हुने व्यक्तिहरुले आफ्नी पार्टनरलाई असाध्यै धेरै प्रेम गर्छन् भने बायाँ छातीमा कोठी हुने व्यक्तिहरुले भने आफ्नो पार्टनरसँग धेरै झगडा गर्ने स्वभावका हुने गर्छन् ।

Loading...