fbpx

सुनको मूल्य घट्यो, कति पुग्यो ?

विराटनगर, १३ भदौ । सुनको मूल्य फेरि घटेको छ । पछिल्लो डेढ महिनादेखि निकै उतार–चढाव हुँदै आएको सुनको भाउ फेरि शुक्रबार फेरि घटेको हो । अघिल्लो दिन मात्र सुनको मूल्य बढेको थियो ।

बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो । तर, आज सुनको मूल्य प्रतितोला रु एक हजारले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजारले घटेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार १०० कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० रहेको थियो । चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु १० ले घटी रु ८८५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु ८९५ मा खरिदबिक्री भएको थियो ।

गत साउनको सुरुआतदेखि नै सुनको मूल्यमा उतार–चढाव हुँदै आएको छ । गत साउन महिनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको थियो भने भदौ महिना लागेपछि सुनको मूल्य लगातार बढिरहेकोे छ । साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोवार भएको थियो ।

Loading...