fbpx

भीरबाट खसालेर ‘गौहत्या’ : २३ गाई मृत भेटिए

सुर्खेत, १३ भदौ । बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् ।

नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको बताए ।

नौ गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ । जङ्गलमा फेला परेकामध्ये १५० भन्दा बढी चौपाया घाइते अवस्थामा छन् । प्रहरी निरीक्षक सिजापतिले भने, ‘हिजो राति साढे १२ बजे चौपाया बोकेका आठ ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ ।’

स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् । प्रहरीले चौपाया छाडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ । रासस

Loading...