fbpx

सप्तरीमा दुर्लभ अजिङ्गर भेटियो

सप्तरी, १३ भदौ । सप्तरीमा दुर्लभ अजिङ्गर भेटिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा शुक्रबार एक अजिङ्गर फेला परेको हो ।

aa

खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए । उक्त अजिङ्गर रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।

वन कार्यालयले पनि कोशीटप्पु वन्यजन्तु आरक्षलाई उक्त अजिङ्गर बुझाउने जनाइएको छ ।रासस

Loading...