fbpx

चेतन सापकोटाले ‘बुद्ध पठाइ देऊ’ भन्दै गाए गीत (भिडियोसहित)

विराटनगर, १३ भदौ । चर्चित संगीतकार तथा गायक चेतन सापकोटाले ‘बुद्ध फर्काइ देऊ’ बोलको राष्ट्रिय गीत केही दिनअगाडी सार्वजनिक गरेका छन् । गीतलाई वि स्तर नेपाल नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोसमेत राम्रो बनेको छ । आफैँले लेखेको गीतको शब्दमा चेतनको देशप्रतिको प्रेम देख्न सकिन्छ । सापकोटाले गीतमा देशमा एउटा महानायकको आवश्यकता रहेकोसमेत औँल्याएका छन् । देशमा अहिले चौतर्फी विकृति छाएको कारणले देशको विकासका लागि एउटा महान व्यक्तिको आवस्यकता छ भन्ने महसूस भएर यो गीत बनाएको गायक चेतनले बताएका छन् ।

चेतनले यो गीत २०६५ सालमै रेकर्ड गरेका भएपनि देशको हालको अवस्था देखेर गीत अहिले ल्याउनु सान्दर्भिक भएको सोचेर गीत सार्वजनिक गरेको चेतनले बताएका छन् । भिडियोलाई गंगाराम सापकोटाको छायांकन गरेका हुन् । चेतन आफैँले निर्देशन गरेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । गीतलाइ बिनोद गुरुङले एरेन्ज गरेका हुन् ।

Loading...