fbpx

कश्मिरमा भेटिए अक्षय कुमारको ‘डुप्लिकेट’

विराटनगर, १२ भदौ । बलिउडका चर्चित अभिनेता अक्षय कुमारको कश्मिरका रहेका एक मान्छेसंग जोडिएर सामाजिक सञ्जालमा निकै चर्चा चुलिएको छ । कश्मीरमा बस्दै आएका माजिद मिर नामक व्यक्तिको अनुहार र हाँसो अक्षय कुमारसँग मिल्ने देखिन्छ ।

पाका उमेरका माजिद मिरको फोटो भाइरल भएसंगै उनको अनुहार अक्षयसँग मिल्दो जुल्दो देखिन्छ । माजिदलाई कश्मिरका नागरिकहरुले अक्षयको ‘डुप्लिकेट’ अथवा जुम्लिया अनुहार भएको मानेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार बुधबार माजिदको फोटो एबीपी न्युजका पत्रकार आशिष सिंहले सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेका थिए ।

aa

माजिद भारतीय क्रिकेटर सुनील गावस्कारका फ्यान हुन् । उनी सधैं जसो एउटा ठूलो ह्याट लगाउने गर्छन् र उनलाई त्यहाँका स्थानीयहरूले ‘लिटल मास्टर’ भनेर बोलाउने गर्छन् । फोटो सार्वजनिक भए संगै ट्वीटर प्रयोगकर्ताले भने उनको तस्बिरसँगै अक्षय कुमारको तस्बिर ट्याग गर्दै पोस्ट गर्न थालेका हुन् ।

धेरैजसोले उनलाई अध्यक्ष कुमारका जुम्ल्याहा र दुब्लिकेट भन्दै शेयर गरेका थिए । तीमध्ये एकजनाले त उनी सुनिल गवास्करका फ्यान कम र कक्षय कुमारका भाइ बढी देखिएको भन्दै ठट्टासमेत गरेका थिए । ५१ वर्षीय अक्षय कुमार निकै जवान देखिन्छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ माजिद अक्षय कुमारको वृद्धावस्थाको रूप भएको बताउँदै उनको फोटो भाइरल गरिरहेका छन् । एकजना प्रयोगकर्ताले यदि अक्षयको जीवनीमा फिल्म बन्छ भने माजिद नै अक्षयको जीवनीमा खेल्न उपयुक्त पात्र भएको बताएका छन् ।

Loading...