fbpx

स्कुल कलेजमा ‘स्ट्याण्ड अप कमेडी’ (भिडियोसहित)

बेलबारी (मोरङ), ११ भदौ । प्रदेश नम्बर एकमा पहिलोपटक व्यवसायीक रूपमा ‘स्ट्याण्ड अप कमेडी’ सुरु भएको छ । राउडीजम् इन्टरटेन्मेन्ट हाउसले ‘द स्ट्याण्ड अप कमेडी ’ व्यवसायीक सुरुआत गरेको हो । राउडिजमले हाल स्कुल र कलेजहरुमा प्रोत्साहनका लागि स्ट्याण्ड अप कमेडी पनि सुरु गरेको छ ।

मोरङको सुन्दरहरैँचा र बेलवारी नगरपालिकाभित्र रहेका बाल प्रतिभा, सिद्धार्थ, ब्राईट फ्युचर, इन्द्रपुर तथा शिक्षा सन्देश उच्च माविलगायतमा कमेडी शो प्रस्तुत गरिसकेको र अन्य स्थानका विभिन्न बोर्डिङ्ग स्कुल तथा कलेजहरूमा पनि गर्न लागेको कम्पनीका सञ्चालक नवीनकाजी बस्नेतले बताए ।

अश्लिल शब्द प्रयोग गरिएका अन्य कमिडी सोभन्दा फरक धारमा झर्रा नेपाली शब्द प्रयोग गरेर स्ट्याण्डअप कमेडीले दर्शकहरूलाई हसाँउने गरेको छ । बाल प्रतिभा उच्च माविका प्रधानध्यापक गणेश दाहालका अनुसार, यस स्वस्थ्य कमेडीले विद्यार्थीहरूभित्र रहेको क्षमतालाई प्रस्फुटन गराउन निकै मद्दत पुग्ने बताए ।

आफ्नो क्षमतालाई स्ट्याण्ड अप कमेडी शोमार्फत एक नम्बर प्रदेशका दर्शकलाई पनि मनोरञ्जन दिन सकिने उद्देश्यले स्ट्याण्ड अप कमेडी सुरु गरेको सञ्चालक काजीको भनाइ छ । स्ट्याण्ड अप कमेडियन जोशन खुलाल निरन्तर हसाउने कला यस शोमार्फत प्रस्तुत गर्न पाउँदा हर्षित भएको बताउँछन् । नया प्रतिभाहरुलाई हौसला दिन र मौका उपलब्ध गराउनको लागि हरेक शुक्रवार राउडिजमले कमेडियन अडिसन पनि आयोजना गर्ने गरेको छ । साथै प्रत्येक बिहीबार साँझ ६ बजे युट्युब च्यानलमार्फत राउडीजमले कमेडी भिडियो पनि अपलोड गर्दै आएको छ ।

Loading...