fbpx

भागबन्डामा पदाधिकारी नियुक्ति नगर्न सरकारलाई सुझाव

काठमाडौं, १० भदौ । चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले विश्वविद्यालय लगायत सार्वजनिक संस्थाहरूमा दलीय भागबन्डामा पदाधिकारी नियुक्ति नगर्न सरकारलाई सुझाव दिएका छन्।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै केसीले योग्यता र वरिष्ठताका आधारमा विश्वविद्यालयमा पदाधिकी नियुक्ति गर्न सरकारलाई सुझाव दिएका हुन्। उनले पदाधिकारी नियुक्तिको वस्तुगत मापदण्ड र आधार हुनुपर्ने जनाएका छन्। हालै त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद खाली भएपछि त्यहाँ नयाँ नियुक्तिको कसरतमा सरकार छ।

‘पदाधिकारी छनोट प्रक्रियामा व्यक्ति विशेषलाई छाडेर पद्दतिलाई प्राथमिकता दिन सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ केसीले विज्ञप्तिमा भनेका छन्।  चार वर्षअघि पनि विश्वविद्यालयमा राजनीतिक भागभण्डाको नियुक्ति रोक्न आन्दोलन गर्दागर्दै भागबन्डामा पदाधिकारी नियुक्ति गरिएको आरोप केसीको छ। पुनः त्यही प्रक्रिया दोहोरिए सत्याग्रहसहितको आन्दोलन गर्ने उनले चेतावनी दिएका छन्।

Loading...