fbpx

छालालाई स्वस्थ र सफा राख्नका लागि खानुपर्छ यस्ता फलफूल

विराटनगर, १० भदौ । हामीले छालालाई सुन्दर र चम्किँलो बनाउन निकै प्रयास गरिरहेका हुन्छौं । यसका लागि हामीले घरेलु उपायका साथसाथै विभिन्न प्रकारको केमिकल्स भएको कस्मेटिक्सको पनि प्रयोग गरिरहेका हुन्छौं ।

तर, यस्तो बाहिरी रुपबाट छालालाई स्वस्थ राख्न र चमक ल्याउन यस्तो प्रकारको सामानको प्रयोग गर्नु हुँदैन । बजारमा पाइने विभिन्न मेकअपका समानहरु प्रयोग गरेरभन्दा पनि छालालाई भित्रै रुपबाट सफा र स्वास्थ्य राख्नमा लाग्नुपर्छ । यसका लागि हामीले दैनिक रुपमा स्वास्थ्य खाने कुरा खानु पर्ने हुन्छ ।

पोषणयुक्त हरियो साग, सब्जी तथा फलफूलको प्रयोग गर्दा धेरै रोग लाग्नबाट बचाएर हाम्रो छाला नरम र चम्किलो बनाउन मद्दत गर्छ । चाउरिपन हटाएर नरम, सुन्दर र चम्किलो छालाको लागि फलफूलहरु निकै महत्वपूर्ण हुन्छन् । यिनीहरुको नियमित सेवनले छालालाई मात्र नभई शरीरको विभिन्न अंगहरुमा पनि फाइदा पुर्याउने गर्छ । सुन्तलामा प्रशस्त मात्रामा पाइने भिटामिन ‘सी’ र पौष्टिक तत्वहरुले कोलाजीन नामक छालाका रेसाहरु बनाउँछन् ।

यति मात्र नभइ सुन्तलाको रस र बोक्राले छालामा मालिस गर्नाले छालाको प्वालमा जम्मा भएका फोहोरलाई सफा गरेर दाग धब्बा हटाइ छाला स्वास्थ्य र चम्किलो राख्न मद्दत गर्छ । खर्बुजामा प्रशस्त मात्रामा पाइने पानीले छालालाई मात्र नभएर शरीरलाई हाइड्रेटेड राखेर यसमा हुने लाइकोपिन, भिटामिन ‘ए’ र ‘सी’ले छालालाई चाउरी हुनबाट जोगाउँछ । खर्बुजाको रसलाई छालामा लगाउने गर्नाले छालामा जम्मा भएका फोहरलाई निस्काशित गरि छालालाई सफा र स्वास्थ्य राख्न मद्दत गर्छ ।

स्याउमा प्रशस्त मात्रामा पाइने पोटासियमले छालालाई स्वास्थ्य राख्न एकदम ठूलो भूमिका खेलेको हुन्छ । यसमा हुने भिटामिन ‘सी’ ले छाला सुक्खापन हटाउनका लागि फइदा जनक छन् । मेवामा प्रशस्त मात्रामा पाइने इन्जाइम र पौष्टिक तत्वहरुले छालालाई भर्खरको र ताजा राख्दछ । मेवाको कालो दानाहरु पिसेर लगाउने गर्नाले छालाको बिषादी र मरेका कोषहरुलाई छालाबाट निस्काशन गरी छालालाई सफा र चम्किलो राख्न मद्दत गर्छ ।

अनारमा पाइने प्युनिसिक एसिड, एलाजिक एसिड, एन्टीअक्सीडेन्ट, ओमेगा ३ फ्याक्टी एसिड ले छालाको सुक्खापन हटाएर छालाका कोष पुननिर्माण गरी रातो रक्तकोषको मात्रा बढाई रक्त प्रवाह गर्न मद्दत गर्छ । रगत सफा हुनेबित्तिकै छाला पनि बिस्तारै आफैँ सफा र चम्किलो भएर आउने गर्छ ।

Loading...