fbpx

दशैंमा राष्ट्र बैंकले १३ अर्ब बराबरको नयाँ नोट साट्ने

विराटनगर, १० भदौ । दशैंका लागि नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साट्ने तयारी गरेको छ । बैंकले आगामी दशैंका लागि १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको जनाएको छ ।

राष्ट्र बैंकले नयाँ र सुकिला दुवै नोट साट्ने जनाएको छ । यसका लागि १८ हजार पाँच सय रुपैयाँसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट सटही गर्नेछ भने सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने राष्ट्र बैंकको योजना छ ।

बैंकले हरेक वर्षझैं फूलपातीको दुई साताअघिदेखि नोट सटही सुरु गर्ने छ । यस वर्षको दशैं अशोज २१ गते परेको छ भने फूलपाती अशोज १८ गते परेको छ ।

Loading...