fbpx

घरभाडा तिर्न ढिलो गर्दा वडा कार्यालयमा तालाबन्दी

डोटी,९ भदाै । घरभाडा तिर्न ढिलो गरेपछि डोटीको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयमा तालाबन्दी भएको छ । भाडामा सञ्चालन हुँदै आएको कार्यालयले समयमा नै घरभाडाबापत नतिरेपछि घरधनीले तालाबन्दी गरेका हुन्।

आफ्नो भवन नभएका कारण स्थानीय गोविन्द खड्काको घरमा भाडामा राखिएको थियो । वडा कार्यालयले एक महीनाको भाडाबापतको रकम नदिएर कार्यालय सार्न खोजेपछि घरधनीले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताए ।‘घरभाडाको रकम नदिएर कार्यालय सार्न थालेपछि घरधनीले तालाबन्दी भएको हो ।’ उनले भने ‘ पुरा भाडा नतिरी सार्नु राम्रो होइन ।’

वडाध्यक्ष बहादुर खड्का कार्यालयले प्रत्येक महीना घरभाडाबापतको रकम तिर्दै आएको बताए ।‘घर भाडाको रकम प्रत्येक महीना दिएकै छौं,’ उनले भने ‘साउनको बाँकी छ,  कार्यालय सार्ने कुरो भएको छ तर सारिएको छैन् ।’

वडा कार्यालयमा तालाबन्दी भएपछि स्थानीयबासीले सास्ति पाएका छन् । आइतबारबाट लगाइएको तालाका कारण वडा कार्यालयबाट हुने सबै प्रकारका सरकारी कामकाज प्रभावित भएको छ ।स् घरधनी गोविन्द खड्का भाडा पाए तत्काल तालाबन्दी खोल्न तयार रहेको बताउँछन् ।

वडा कार्यालयको भाडाबापतको मासिक रकम कर कट्टीबाहेक पाँच हजार २०० रूपैयाँको सम्झौता भएको थियो ।रासस

Loading...