fbpx

सामाजिक सञ्जाल र युट्यूवका कारण पत्रकारिताको विश्वसनियतामा संकट

विराटनगर ८ भदौ । युट्युब र सामाजिक सञ्जालका कारण पत्रकारिताको विश्वनियतामा संकट पैदा भएकाले नियम गर्न सरोकारवालाहरुले माग गरेका छन् । युट्युब र सामाजिक सञ्जालमा आएका लगत सूचनाका कारण पत्रकारिता क्षेत्रको विश्वसनीयतामा कमी आएको बताउँदै सरोकारवालाहरुले नियमन गर्न माग गरेका हुन् ।

नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको ‘नागरिक दृष्टीकोणमा मिडिया पृष्ठपोषण’ कार्यक्रममा अध्यक्ष आचार्यले सामाजिक सञ्जालमा विकृति बढेकाले आफ्ना सदस्यहरुलाई नियमन गर्न महासंघ लागि परेको बताए । सामाजिक सञ्जालका कारण पत्रकारिता प्रति अविश्वास पैदा भएको बताउँदै अध्यक्ष आचार्यले सबै जिम्मेवार बन्नुपर्ने बताए । ‘सामाजिक सञ्जालमा पत्रकार महासंघका सदस्यले के गर्ने के नगर्ने हामी त्यहा पनि आचारसंहिता बनाउँछौं ।’

अध्यक्ष आचार्यले भने ‘पत्रकारले गल्ती गरेको भए हामी समाउन सकौला, तर नागरिकलाई हामी पत्रकार महासंघले नियमन गर्ने होइन् । एउटा सामाजिक सञ्जालमा आएको धारणलाई हेरेर यो पत्रकारले गर्याे भनेर धारण नबनाइदिनुहोस् ।’

अभिव्यक्ति स्वतन्त्रता जारी गर्दा सीमा भित्र रहनुपर्ने उनको भनाई छ । सामाजिक सञ्जालमा आएको विकृतिका कारण समाचारहरुलाई विश्वास गर्न समस्या परेको । राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका दिप यादवले बताए । पत्रकारको समाजले परीक्षण गरिरहेको बताउँदै नागरिक अगुवा दिनेश श्रेष्ठले आचारसंहिता कार्यन्यनमा पत्रकार सतर्क रहनुपर्ने बताए ।

पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले पछिल्लो समय पत्रारिकता धरापमा परेका बताए । मुलधारको पत्रकारिता र सामाजिक सञ्जालको प्रयोममा खासै फरक नदेखिएको बताउँदै उनले बेलैमा सच्याउनु पर्ने बताए ।

मानव अधिकारकर्मी सोमराज थापा, नेपाल पत्रकार महासंघ केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रा,समाजवादी पाटीका नेता रामरिझन यादव, पत्रकार महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेल, विवेकशील साझा पार्टी मोरङ अध्यक्ष अमलेश कर्णलगायतले सामाजिक सञ्जालको दुरुपयोगका कारण पत्रारिकतामाथि विश्वासको संकट पैदा भएको बताए ।

Loading...