fbpx

सञ्चार निर्देशनालय स्थापना गर्दै एक नम्बर प्रदेश सरकार

बिराटनगर ८ भदौ । एक नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मतकुमार कार्कीेले पत्रकारिताको बिकासकालागि संचार निर्देशनालय स्थापना गराउन सरकारले पहल गरिरहेको बताएका छन ।

आइतबार बिराटनगरमा नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिले आयोजना गरेको अन्र्तक्रियामा भाग लिँदै मन्त्रि कार्कीले संघिय कानूनको बाधाले गर्दा प्रदेशमा प्रेस कानून निर्माण गर्न ढिलाई भैरहेको भन्दै चाडै निर्देशनालय स्थापना गर्न कानून निर्माण गर्र्न पहल भैरहेको बताएका हुन । पत्रकारिताको बिकास अनि जिम्मेवारी र जवाफदेहिताकालागि कानून अति आवश्यक भएको भन्दै मन्त्रि कार्कीले भने , – ‘आवश्यक कानून बनाउन ढिलाई भएको पक्का हो तर अबेर भएपनि समय घर्कीसकेको छैन हामी चाँडै निर्देशनालय स्थापना गराउने छौ । ,

प्रदेश कानून निर्माणले संघियता कार्यान्वयनमा बाधा

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले प्रदेशमा प्रेस मैत्री कानून निर्माण भएमात्र सघियता कार्यान्वनमा पत्रकारिताले अपेक्षित सहयोग पुरयाउन सक्ने भएकोले चाँडो कानून निर्माण गर्न सरकारलाई आग्रह गरे । मिडिया दर्ता , प्रेसपास , नबिकरण , बर्गीकरणदेखी बिज्ञापन प्राधिकरण , श्रमजिबि पत्रकार ऐन कार्यान्वयन सूचनाको हक , सञ्चार प्रशिक्षण प्रतिष्ठान , पत्रकार सुरक्षा कोषकालागि प्रदेश सरकारले कानून चाँडो बनाउनुपर्ने अध्यक्ष आचार्यको जोड छ ।

महासंघका कोषाध्यक्ष राजेश मिश्रले प्रदेश सरकारले प्रेस कानूनहरु निर्माण गर्न ढिलाई गरिरहेकोले महासंघले सबै प्रदेशमा गएर सरकार र साँसदहरुसँग अन्र्तक्रिया गर्न थालेको बताए । उनले कानून निर्माण गर्दा संबिधान , संघका बिभिन्न प्रेस कानून , मिडिया नीति , अन्तराष्ट्रिय कानूनहरुलाई ख्याल गर्न प्रदेश सरकारलाई आग्रह गरे । कोषाध्यष मिश्रका अनुसार केही प्रदेशहरुले कानून प्रेस कानून निर्माण गरेपनि ख्याल नगर्दा संघिय कानूनसँग बाझिएको र संबिधानको मर्म विपरित हुनपुगेको बताए ।

एक नम्बर प्रदेश सरकारका कानूनी मस्यौदाकार तथा संबिधान सभा सदस्य रेवतीरमण भण्डारीले राजनैतिक संक्रमण काल सकिएपनि संघियता कार्यान्वयनको संक्रमणकाल कायमै हुँदा प्रदेश प्रेस कानून निर्माणमा ढिलाई भएको हो भने । संघले कानून शंसोधन नगरेसम्म प्रदेशमा कानून निर्माण भएपनि कार्यान्वयनमा समस्या आउँने बताए ।

चासो नदिँदा प्रेस कानून निर्माणमा ढिलाई

पत्रकार यज्ञ शर्माले कार्यदलमा सहभागी भएर आवश्यक पर्ने कानूनहरु निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएको भएपनि चासो कम हुदा ढिलाई भैरहेको बताए । पत्रकार शर्माले कानून निर्माणमा ढिलाई हुने कारण प्रदेशमा आम सञ्चारलाई हेर्नकालागि अलग्गै मन्त्रालय नभएकोले हो भने । पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य गणेश लम्सालले कानून निर्माण नहुँदा पत्रकारिताको बिकासमा बाधा पुगिरहेको बताए । पत्रकार महासंघ झापा र मोरंग शाखा अध्यक्ष तारामणी सापकोटा र बन्धु पोखरेले धेरै भन्दा पनि स्वायत्त रुपमा काम गर्नेगरि प्रदेशमा पत्रकारिताकालागि संरचना स्थापना गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघकी पुर्व केन्द्रिय सदस्य निलिफा सुब्बा , गंगा वरालले प्रदेश प्रेस कानून महिला मैत्री हुनुपर्नेमा जोड दिए । पत्रकार महासंघ एक नम्बर प्रदेशका अध्यक्ष बिक्रम लुइटेल ,उपाध्यक्ष सोमनाथ सु्सेली महासचिव बिबेक गौतम लगायतले सबैको प्रतिबद्धताले चाँडै एक नम्बर प्रदेशमा प्रेस कानून निर्माण हुने आपेक्षा बढेको बताए ।

प्रेस कानून निर्माण प्रदेश सभा र साँसद प्रतिबद्ध

एक नम्बर प्रदेश सभाकी उपसभामुख सरस्वती पोखरेलले प्रेस कानून निर्माणकालागि प्रदेश सभाले बिशेष चासो दिने बताइन । सत्ताधारी दल नेकपाका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारी , मुख्य प्रतिपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्की, साँसदहरु जयराम यादब , बिष्णुमाया तुम्बाहाम्फे , साबित्रा रेग्मी लगायतले संघियता कार्यान्वयनकालागि प्रदेशमा प्रेस मैत्री कानून आवश्यक भएकोले चाँडो निर्माण गराउन चासो दिने बताए । उनिहरुले प्रेस सम्बन्धि कानूनको बिधेयक चाँडो प्रदेश सभामा दर्ता गराउन पनि सरकारसँग आग्रह गरे ।

Loading...