fbpx

सामाजिक बहिस्कारमा परेका आचार्यलाई सम्मान गर्न माग

रङ्गेली, ८ भदौ । सहभोजमा सहभागी हुँदा सामाजिक बहिस्कारमा परेका खोटाङका टंकप्रसाद आचार्यलाई सम्मान गर्न सांसद उमिता विश्वकर्माले माग गरेकी छन् । देश नयाँ सविधान कार्यान्वयनको प्रक्रियामा आगाडि बढीरहेको समयमा परम्परावादी कुसंस्कार चिर्न गरेको उनको क्रान्तिकारी प्रयासको सम्मान गर्न सांसद विश्वकर्माले माग गरेकी हुन् ।

प्रदेश १ की सांसद विश्वकर्माले प्रदेशसभाको शून्य समयमा बोल्दै कानूनले ३ वर्ष जेल वा २५ हजार जरिवाना वा दुवै सजाय तोकेको भएपनि छुवाछुत कयमै रहेको बताइन् । खोटाङको दिक्तेलमा भएको सहभोज कार्यक्रममा सहभागी भएका टंकप्रसाद आचार्यलाई समाजले गरेको दुर्व्यवहार कानूनलाई ठाडो चुनौती भएको बताइन् । यद्यपि, आचार्यको प्रयास भने क्रान्तिकारी भएको जिकिर गरिन् ।

उनले अबका दिन यस्ता घटना हुन नदिन प्रदेश १ सरकारलाई सुझाइन् । यता आचार्यलाई सम्मान गर्नसमेत सरकारलाई आग्रह गरिन् । ‘सहभोजमा सहभागी हुँदा यस्तो छ’, उनले भनिन्, ‘दलित समुदायको हालत कस्तो होला ।’

छुवाछुत हटाउन लागिपरेका टंकप्रसादलाई सामाजिक बहिष्कार !

सामाजिक बहिष्कार गर्नेलाई कानूनी कारवाही गर्न मुख्यमन्त्रीको निर्देशन

कृषिमा किसानको मुहार देखिएन

शून्य समयमा बोलेका प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकीले प्रदेश सरकारको बजेटले वास्तविक किसानलाई समेट्न नसकेको बताए । उनले प्रदेशसभाको शून्य समयमा बोल्दै प्रदेश सरकारले कृषिमा आत्मनिर्भर बनेर आयात प्रतिस्थापन गर्ने गरी बजेटको व्यवस्था गरेको बताए । उनले खालीखुट्टा गोठ पस्ने, आफैँ सुगुर सिहार्ने साना किसानलाई बजेटले नसमेटेको बताए । उनले साउन २४ गते भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रालय निकालेको सूचना खरेज गरेर अर्को निकाल्न माग गरेका छन् । सूचनामा एक करोड एउटै बंगुर फारमलाई दिने आह्वान गरिएको भन्दै उनले त्यको खारेजीको माग गरेका थिए ।

त्यसैगरी प्रदेशसभाको आइतबारको बैठकमा सुशासन तथा योजना समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन समितिका सभापति अर्जुन राईले प्रस्तुत गरेका थिए । समितिले प्रदेश सरकारलाई सुझाव समेत दिएको थियो । असार मसान्तसम्म समितिले ४ वटा बैठक बसेको जानकारी गराएका थिए ।

प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिले प्रदेश भवन निर्माणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलको प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदन समितिका सभापति सर्वध्वज साँवाले प्रस्तुत गरेका थिए ।

Loading...