fbpx

पूर्वाञ्चल विश्वविद्यालयको उपकूलपतिमा प्राडा बिजुकुमार थपलिया

विराटनगर, ८ भदौ । पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपतिमा कार्यरत प्राडा बिजुकुमार थपलिया नियुक्त भएका छन् । उपकूलपति प्राडा घनश्यामलाल दासकाे भदौ  ६ गतेदेखि कार्यकाल समाप्त भएपछि सरकारले पूर्वाञ्चल विश्वविद्यालयको उपकूलपतिमा प्राडा बिजु थपलियालाई नियुक्त गरेको हो ।

उपकूलपति थपलिया विश्वविद्यालयभित्रकै पूर्णकालीन शिक्षक तथा व्यवस्थापन संकायका डीन हुन् । थपलियालाई प्रधानमन्त्री तथा कूलपति केपी शर्मा ओलीले बढीमा तीन महिनाका लागि उपकूलपतिको पदमा नियुक्ति गरेका हुन् । प्राडा.थपलिया बिगत २० वर्षदेखि तत्कालीन व्यवस्थापन क्याम्पस र हाल पुसोम कलेजमा कार्यरत छन् ।

photo

उनी यसअघि सोही संकायद्वारा संचालित एम.फिल. तथा पीएचडी कार्यक्रमका निर्देशक, क्याम्पस प्रमुख र व्यवस्थापन संकायका डीन थिए । उनले भारतको गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तर र नर्वेको मोल्डे युनिभर्सिटीबाट पिएचडी गरेका छन् भने पाँच वर्षपहिले पनि डीनको पदमा कार्य सम्पादन गरिसकेका छन् ।

यसअघि प्राडा शिरीष रिजाल विश्वविद्यालयको पूर्णकालीन शिक्षकबाटै उपकूलपति भएका थिए । बाहिरका व्यक्तिलाई उपकूलपति, रजिष्टार डिनमा नियुक्त गर्दा विश्वविद्यालयमा किचलो बढ्दा गरिमा खस्केको भन्दै भित्रैबाट पदाधिकारी नियुक्त गर्नुपर्न प्राध्यापक र कर्मचारी संघहरुले माग गदै आएका थिए ।

Loading...