fbpx

बाघको आक्रमणमा परी ७० वर्षीय वृद्धको घटनास्थलमै मृत्यु

राजापुर, ८ भदौ । बर्दियामा बाघको आक्रमणमा परी एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।

आइतबार बिहान ७ ः३० बजे पहाडियालाई बाघले आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासी पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए । थारुको घटनास्थलमै मृत्यु भएको थियो ।

बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ । रासस

Loading...