fbpx

बुन्डेसलिगा : कौटिन्होको पहिलो खेलमा बायर्नको शानदार जित

विराटनगर, ८ भदौ । जर्मन बुन्डेसलिगामा साबिकको विजेता टोली बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले साल्केविरुद्ध ३–० गोलको जित दर्ता गराएको हो ।

बायर्नकै घरेलु मैदानमा भएको सो खेलमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको २०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । उनको गोलले नै पहिलो हाफभरि बायर्नले १–० गोलको अग्रता बनायो ।

aa

यस्तै खेलको ५०औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरेभने खेलको ७५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस खेलमा बायर्नले आफ्ना नयाँ खेलाडी फिलिप्पे कौटिन्होलाई मैदान उतारेको थियो।

केही दिनअघि मात्र बायर्नमा अनुबन्ध भएका कौटिन्होले खेलको ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए । २७ वर्षीय कौटिन्हो स्पेनिस क्लब बार्सिलोनाबाट १ वर्षका लागि बायर्नमा अनुबन्ध भएका हुन् । १ सय २० मिलियन युरो लोन रकममा बायर्नमा अनुबन्ध भएका हुन् । लोनमा क्लब आएपनि बार्सिलोनाले बायर्नलाई स्थायी अनुबन्धको अवसरसमेत दिएको बताएको छ ।

बायर्न यस जितसँगै चौथो स्थानमा उक्लिएको छ । उसँग ४ अंक रहेको छ ।

Loading...