fbpx

तस्बिरमा विराटनगरको राधाकृष्ण रथयात्रा

मोरङ, ७ भदौ । राधाकृष्ण मन्दिर विराटनगरबाट निकालिएको रथयात्रामा भक्तजनहरुको भीड देखिएको छ । कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा हजारौं भक्तजनहरुको सहभागिता थियो ।

५२औं पटक निकालिएको रथयात्राले तय गर्ने रुटमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । रथयात्राको सुरक्षाका लागि एक हजार पाँच सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । सम्भावित दुर्घटना नियन्त्रणका लागि ड्रोनबाट सुरक्षा निगरानी गरिएको अधिकारीले बताए ।

रथयात्रामा विराटनगर तथा आसपासको क्षेत्रबाट भक्तजन सहभागी थिए । शनिबार दिउँसो ४ बजेबाट निस्किएको रथयात्राको सुभारम्भ प्रदेश १ का प्रमुख गोबिन्दबहादुर तुम्बाहाङ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संयुक्त रुपमा बेलुन उडाएर गरेका थिए ।

सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाइको रथलाई सिंगारेर राधाकृष्णको मूर्ति राखिएको छ । रथको अगाडि विभिन्न जातजाति, धर्म, सांस्कृतिक झाँकी छन् । बजार क्षेत्रको सडक मर्मत नभएका कारण रथ तान्न असहज भएको थियो ।

 

तस्बिर : सुरज ढुंगाना र यज्ञ अधिकारी / कोशी अनलाइन

Loading...